Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

पाउलिन्हो बार्सिलोना छाडेर चीनतिर लागे

Monday, July 9, 2018 National Power

२५ असार, काठमाडौं – ब्राजिलका मिडफिल्डर पाउलिन्होले बार्सिलोना छाडेका छन् । २९ वर्षीय पाउलिन्हो चिनियाँ पूर्व क्लब ग्वान्झाओ एभरग्राण्ड फर्किने भएका छन् ।

उनले बार्सिलोनामा एक सिजन विताए । ३४ खेलमा ९ गोल गरेका उनले बार्सिलोनालार्इ ला लिगा जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । विश्वकपमा ब्राजिलले खेलेका सबै खेल उनले पनि खेले । तर विश्वकपलगतै चिनियाँ क्लब ग्वान्झाओले पाउलिन्हो फर्किने भएको घोषणा गरेको छ ।

बार्सिलोनाले पनि यो स्वीकार गरेको छ । तर ट्रान्सफर फि भने सार्वजनिक गरिएको छैन । पाउलिन्होले सन् २०१५ देखि २०१७ मा चिनियाँ लिगमा ६३ खेल खेलेका थिए ।