Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका १४ आगिंक क्याम्पस

Tuesday, July 3, 2018 National Power

१९ असार , अछाम/टेकराज भण्डारी  – अछाम जिल्लाको पुरानो जनता बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्रदेश नम्बर ७ का १४ ओटा सामुदायिकक्याम्पसहरुलाई आगिंक क्याम्पसको रुपमा समायोजन गरे संगै जनता बहुमुखी क्याम्पस पूर्ण सरकारी क्याम्पस बनेको हो । विश्वविद्यालयले प्रदेश ७ का १४ ओटा क्याम्पसमा कार्यरत ४ सय ४४ प्राध्यापक कर्मचारीहरुलाई क्याम्पस प्रमुख मार्फत नियुक्ती पत्र समेत प्रदान गरेको छ ।

विगत ८ बर्षदेखीको संघर्षपछि सामुदायिक क्याम्पसहरु आगिंक बन्न सफल भएका हुन । लामो समयदेखि प्रक्रियामा लागेका थियौँ, अहिले उपलब्धि हाँसिल गरेका छौं, जनताका बहुमुखी क्याम्पसका प्रमुख कृष्ण प्रसाद जैसीले बताउनु भयो । विश्वविद्यालयका भीसी भुषण श्रेष्ठसंग सम्झौता पत्र आदानप्रदान भई क्याम्पस आंगिक भएको साँफेबगर नगरपालिकाका नगरप्रमुख कुल बहादुर कुँवरले बताउनु भयो ।

झन्डै साढे चारसय दरबन्दी सृजना गरेर सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालय नेपालकै सबैभन्दा ठुलो विश्वविद्यालय समेत बनेको भीसी श्रेष्ठको दाबी छ ।

यसअघि आगिंक क्याम्पस समायोजन कार्यविधि २०७४ संसोधनको माग गर्दै सर्वोच्च अदालतमा गत फागुनमा परेको रिट निवेदन खारेज भएपछि समायोजनको बाटो खुलेको थियो । सुदूरपश्चिम बिश्वबिद्यालय अन्तरगत दुर्गालक्ष्मी वहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, टिकापुर वहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी बहुमखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस, बडिमालिका क्याम्पस, बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, मणिलेक बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, डोटीको सीताराम बहुमुखी क्याम्पस र घन्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसलाई आंगीक क्याम्पस बनेका छन् ।