Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

स्पेनको हारसँगै इनिस्टाले लिए सन्यास

Monday, July 2, 2018 National Power

१८ असार, काठमाडौं – स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् ।

२०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका ३४ वर्षीय इजिस्टा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । टाइब्रेकरमा पहिलो पेनाल्टी हानेका उनले गोल गरे । तर, कोके र आसपासको पेनाल्टी रसियन गोलरक्षकले रोक्दै स्पेनलाई घर पठाए ।

खेलपछि इनिस्टाले भनेका छन्, ‘यो वास्तविकता हो कि राष्ट्रिय टिमबाट यो मेरो अन्तिम खेल हो ।’ इनिस्टाले २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले २००८ र २०१२ मा युरोकप जिदाउन पनि महत्वपूर्ण भूमिका खेले । इनिस्टाको अन्तिम खेल भने सुखद रहेन । उनले भने, ‘यो मेरो जीवनको दुःखद दिन हो ।’