Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बौधिमाईका वडाध्यक्षले ४ जनालाई खुकुरी हाने

Thursday, June 28, 2018 National Power

१० अषाढ , रौतहट – वडाअध्यक्षले पुरानो रिसबीले सडक विस्तारको नाममा आफनो वडाका एकै परिवारका ४ जना माथी धारिलो हतियार प्रहार गरेको छ । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष बिजय कुशवाहाले सडक विस्तार गर्नको लागि आफ्नो बिपक्षीको जग्गामा जर्बजस्ती डोजर चलाएर खेतबाट माटो खनिएको बिषयमा विवाद हुदा वडाअध्यक्ष कुशवाहाले धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएका छन ।

वडाअध्यक्षको बिपक्षी भएको कारणले खेत अगाडि सडक बिस्तार गर्न कागजाती हिसाबले पनि सबै ठाउँ भन्दा बढी चौडा रहेको भनी जग्गा धनी शिव गोबिन्द कुशवाहाले १ महिना अगाडि रोक लगाएको थियो । रोकाको लागि जिल्ला अदालत बाट आदेश पत्र पठाई सो विवादीत कामलाई हेर्नका लागि प्रहरी चौकी बंकुलको प्रहरी पूर्व ईन्चार्ज दिनानाथ यादबको नेतृत्वमा खटाईएको थियो ।

तर त्यो बेला पनि वडाअध्यक्ष कुशवाहाले कुनै वास्ता नगरी ईन्चार्ज यादव समेत सँग झगडा गरेको पीडित गोविन्दले बताए । केही दिन यता देखि सडक विस्तार कार्य धेरै विवाद पश्चात रोकिएको थियो पूर्ण सोही बिषयलाई लिएर हिजो सडक ढलाईको वेला पीडित शिव गोबिन कुशवाहा विवाद मिलाएपछि मात्र काम अगाडी बढाउनु होला भन्न खोज्दा वडाअध्यक्ष कुशवाहाले आफ्नो ५० जनाको समूहमा आएर शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहा लगायत ४ जनालाई धारिलो हतियार प्रहार गरि ज्यान लिने गरी टाउको र शरीरको विभिन्न भागमा गम्भिर घाउ बनाएको पीडित कुशवाहाले बताएका छन ।

वडाअध्यक्ष बिजय कुशवाहा गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो । जुन आशले स्थानीयहरु भोट दिएको थियो ठिक उसको बिपरीत काम गर्न थालेको र दिनहुँ वढ्दै गएको आतंकका कारण त्यहाका स्थानीय बासी त्रसित बनेको छन् ।

 

_ अभिमनु कुमार पटेल