Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

अपाङ्गता अधिकारका लागि ‘काउन्ट मी’ अभियान सुरु

Tuesday, June 26, 2018 National Power

काठमाण्डौ – संसारमा कुनै पनि मानिस सबै कुरामा सक्षम र सबल हुन्छन् भन्ने पक्कै हुदैन । उनिहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै न कुनै कुरामा अरुको निर्भरतामा रहेकमा हुन्छन् । यसको तात्पर्य के हो भनी संसारमा केही पनि सबल छैन ।

संसारका सबै मानिसहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सबै जान अपांगता भएको ब्यक्ति हुन् भन्दन फरक नपर्ला, के सबै अपांगताहरु देखिने मात्रै हुन्नुपर्छ भन्ने छ र ? पक्कै पनि छैन ! सामाजिक ,मानसिक समस्यहरु भएको ब्यक्तिहरु पनि त अपांगता भएको ब्यक्ति हुन । यस्तो थुप्रै नदेखिने अपांगता छन् जसलाई समाजले नियालेकै छन् ।

बिश्व स्वास्थ संगठनको सन् २०११ को प्रतिवेदन अनुसार नेपाल जस्तो अल्पविकसित र बिकासोन्मुख देशहरुमा कुल जनसंख्याको १५ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको अपांगता भएको ब्यक्तिहरु छन् । नेपालमा अपांगता भएको ब्यक्तिहरुको हक अधिकारको प्रत्याभुति गर्न र विकासका सबै क्षेत्रमा उनिहरुको पहुँच स्थापित गरि राष्ट्रिय मूलधारमा समावेशीकरण गर्न नेपाल सरकारबाट विभिन्न समयमा संविधान ,कानुन, नियमावलि नीतिहरु र निर्देशकाहरुद्धारा मार्गदर्शन हुँदै आएको छ ।

अपांगता भएको ब्यक्तिहरुको हक अधिकार संरक्षण प्रवर्धन र संवर्धनको लागि २०५० साल देखि राष्ट्रिय अपांग महासंघले नेपालमा निरन्तर रुपमा काम गरिरहेको अबस्था छ तापनि अपांगभएका ब्यक्तिहरुको हक अधिकारको स्थापना र विकासमा अपेक्षित उपलब्धि हुन नसकिरहेको अवस्था विद्यमान छ । अपांङ्गतामा भएका ब्यक्तिको अधिकार सम्बन्धि महासन्धि नेपालले हस्ताक्षर गरि अनुमोदन गरिसकेको सन्दर्भमा लोकतान्त्रिक संघिय गणतन्त्र नेपालको संविधान २०७२ले अपाङ्गता भएका ब्यक्तिहरुको भावनाको प्रतिनिधित्व गरेको भएता पनि अपाङ्गताभएको ब्यक्तिहरुको हक अधिकार अझै बलियो भएको अबस्था छैन ।

अझै अहिले संघीय सरकार आएपछि त गाउँ तथा नगरपालिकामा ती बहुदलीय विकास निकायहरूबिचमा समन्वय र कार्यान्वयन गर्ने संरचना र निकायहरु यथास्थानमा छैनन् र सरकारी निकायहरुको बीचमा समन्वय गर्ने संयन्त्र र प्रक्रियाको अभाव देखिन्छ। अर्कोतिर राष्ट्रिय नीति तथा कार्ययोजनाको गाउँ तथा नगरपालिकास्तरमा कस्तो स्वरुप हुने हो ? र कस्को कति जिम्मेवार हुने हो ? कुन निकायले समन्वय र नेतुत्व गर्ने हो ? भन्ने बारेमा स्पष्ट कुनै लिखित दस्तावेज नहुँदा अपांङ्गता सम्बन्धी नीति तथा कानुनहरुले अपेक्षित कार्यान्वयन हुन नसक्ने अबस्था छ । जस्को परिणामस्वरूप विद्यमान कानुन तथा नीतिबाट पाउने न्यूनतम सुबिधा र अबसरहरुबाट पनि बन्चित हुनुपरेको अबस्थामा छ ।

यस्तो अबस्थामा नेपालको अपाङ्ग सम्बन्धी नीति तथा कार्ययोजनाको मर्म र भावना परिलक्षिति उदेश्य र कार्ययोजना अनुरुपको प्रतिफल हासिल गर्न राष्ट्रिय अपांङ्ग महासंघको अगुवाइमा विभिन्न जिल्लाको युवालाई एउटा समुह मलाई पनि गणना गर्नुहोस् ९अयगलत mभ० भन्ने अभियान सुरु गरेको छ ।

यस अभियान अन्तर्गत यस समुहले बुढानिलकण्ठ नगरपालिका र तार्केश्वोर नगरपालिकाको साथै विभिन्न सरका री निकायमा गई आफ्नो अभियानको काम सुरु गरिसकेको अबस्था रहेको छ । यस अभियान अन्तर्गत युवाले अब बन्ने संघीय सरकारमा अपाङ्गता अधिकारको लागि काम गर्ने छन्।

यस अभियानमा अपांगता सम्वन्धि कानुनमा लेखिएका विभिन्न विषयमा अधिवक्ता सुनिल पोखरेल र सुदर्शन सुवेदीबाट सिकाईको थियो। यस अभियान राष्ट्रिय अपाङ्ग महासंघको अगुवाइमा इनएवलमेन्ट नेपालको सहयोगमा हिजो एक अभिमुखी कार्यक्रम संचालन गरिएको थियो ।

 + RABINDRA PANTA