Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

स्विडेनविरुद्ध जर्मनीको कठिन जित, टोमी क्रुस बने नायक

Sunday, June 24, 2018 National Power

१० असार, काठमाडौं –  विश्वकप २०१८ को दावेदार जर्मनीले स्विडेनविरुद्ध कठिन जित दर्ता गरेको छ । जर्मनीको जीतको नायक टोमी क्रुस बने । अतिरिक्त समयको अन्तिम मिनेटमा टोमीले फ्रिकिकबाट गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने स्विडेनले लिएको थियो । ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको जर्मनीले दोस्रो हाफमा बराबरी गोल गर्‍यो । ४८ औं मिनेटमा मार्को रेउसले बराबरी गोल फर्काएका हुन् । ८२ औं जोरेम बोटिङ दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि जर्मनीलाई संकट आइलाग्यो । १० खेलाडीमा सीमित भए पनि जर्मनीले सम्हालिएको प्रदर्शन गर्‍यो । गोल गर्ने केही अवसरहरु पनि सिर्जना गर्‍यो तर सदुपयोग गर्न सकेन ।

निर्धारित ९० मिनेटको समय सकिएपछि अतिरक्त समयको पाँच मिनेटमा टोनी क्रुसले डिबक्स भित्रबाट प्रहार गरेको बलले जाली चुम्यो र, जर्मनीले २-१ को जित निकाल्यो । विश्वकपमा अतिरिक्त समयको अन्तिम समयमा गोल गर्ने टोनी क्रुस दोस्रो खेलाडी हुन् । यसअघि सन् २००६ मा फ्रान्सिस्को टोटीले अस्ट्रेलियाविरुद्ध गरेका थिए ।

यो खेल जितेको भए समूह ‘एफ’बाट स्वीडेन एक खेल खेल्नु अघि नै नकआउट चरणमा पुुग्ने थियो । जर्मनीले यो खेल जितेपनि अघिल्लो चरणमा जानका लागि स्वीडेन र मेक्सिकोबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ । समूह एफमा मेक्सीकोको ६ अंक छ । स्वीडेन र जर्मनीको समान ३-३ अंक छ ।

अब स्वीडेन र मेक्सिको तथा जर्मनी र दक्षिण कोरियाले खेल्ने छन् । यो खेलपछि जर्मनी, मेक्सिको र स्वीडेन मध्य कुन बाहिरिने भने टुंगो लाग्ने छ । यो समूहबाट दक्षिण कोरियाको भने अघिल्लो चरणको यात्रा कठिन छ । गएरातिको खेलमा दक्षिण कोरिया मेक्सिकोसँग २-१ ले पराजित भएको थियो ।