Tuesday 22nd June 2021

    उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने    इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित    राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते    बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु    मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

किन जरुरी छ बच्चालाई ‘हुन्न’ भन्नु ?

Saturday, June 16, 2018 National Power


हामी अहिले बच्चाका लागि निकै चिन्तित छौ । उनीहरुको भविष्यका लागि हामी आफ्नो वर्तमान खर्चिरहेका छौं । सबै चाहन्छौं, आफ्नो बच्चाले दुख-कष्ट झेल्नु नपरोस् । सधै खुसी होस् । सधै सुखी होस् । जीवन सहज होस् । यस्तो अवस्थामा हामी बच्चाको हरेक इच्छा, माग पुरा गर्न चाहन्छौं । तर, भनिन्छ नि बच्चाले जे माग्छ, त्यो नदिनुहोस् । बच्चालाई जे आवश्यक छ, त्यतीमात्र दिनुहोस् ।

जब तपाई आफ्ना बच्चाको जिन्दगीमा सन्तुलन र अनुशासन सिकाउन चाहनुहुन्छ भने, उनलाई ‘हुन्न वा हुँदैन’ भन्नु सक्नुपर्छ । अध्ययनले के भन्छ भने, उनको हरेक माग पुरा गर्नु वा उनलाई गलत ढंगले ‘हुन्न’ भन्नु दुबै ठिक हुन्न । बाल मनोवैज्ञानिक भन्ने गर्छन्, ‘बच्चाले माग गरेको कुरामा हुन्न भन्नु राम्रो नलाग्न सक्छ । तर, उनीहरुको समुचित विकासका लागि यो अनिवार्य छ । अहिलेका बच्चा एकदमै समझदार छन् । उनीहरुसँग साँचो नबोल्नु ठिक हुन्न । तर धेरैजसो मानिसहरु यो जान्दैनन् कि, बच्चालाई कसरी कन्भिन्स गर्ने रु कसरी उनको कुरा गलत छ वा नाजायज छ भनेर सम्झाउने ?

बच्चाको हरेक माग पुरा गर्न सकिदैन । उनीहरुले गर्ने सबै माग जायज पनि हुँदैनन् । तर, त्यस्ता कुराहरु नाजायज छ भन्ने कुरा अभिभावकले सही ढंगले बताउनै सक्दैनन् । त्यही कारण बच्चाहरु जिद्दी, रिसाह, निरास, लापरवाी, मनमौजी जस्ता भावनाले घेरिन्छन् । तर, उनीहरुको इच्छा र माग ‘ठिक छैन’ वा ‘हुन्न’ भन्ने कुरामा थोरै सावधानी अपनाउने हो भने, बच्चामा यस्ता मानसिक विकार आउँदैन । साथै समस्याको पनि हल हुन्छ ।

सकारात्मक ढंगले हुन्न भनौ

कहिले पनि उनीहरुलाई झर्किएर, रिसाएर वा थर्काएर ‘हुन्न’ नभन्नुहोस् । प्रेमपूर्वक सम्झाएर कुनै पनि कुरा मनाउने प्रयास गरौं । बच्चाको विश्वास जितौं । रिसाएर उनीहरुको कुरा अस्विकार गर्दा त्यसको प्रभाव नराम्रो पर्छ । बच्चाहरु पनि रिसाउन सिक्छन् । त्यसैले कुनैपनि कुरा ‘हुन्न’ भन्दा पनि शान्त ढंगले, खुसीसाथ आफ्नो आवाजदेखि हाउभाउ धैर्यपूर्ण राखौं । ताकि, उनीहरुलाई आफ्नो माग वा इच्छामा अभिभावकले ‘हुन्न’ भनेको कुराले आफुलाई उपेक्षा गरेको भान नपरोस् ।

‘हुन्न’ भन्नका लागि धैर्य राखौं

धेरैजसो अभिभावक के चाहन्छन् भने, जब बच्चाले कुनै कुरा माग गर्छ, त्यसलाई ठाडै अस्विकार गर्ने । यसो गर्दा बच्चाहरु अन्यत्र भुलिन्छन् वा फेरी उही माग राख्दैनन् भन्ने सोच्छन् । आफुले हुन्न भन्नसाथ बच्चाको मन बद्लिन्छ । वा उनीहरुले पुन त्यही माग गर्दैनन् । त्यही इच्छा राख्दैनन् भन्ने काल्पनिक अपेक्षा नगरौं । किनभने बच्चाहरुले जुन कुरा माग गरेका हुन्छन्, जे इच्छा गरेका हुन्छन्, त्यो उनीहरुको मन-मस्तिष्कमा गहिरो गरी गाढिएको हुन्छ । त्यसैले बच्चाले कुनैपनि कुरा माग गर्नसाथ तुरुन्तै हुन्न नभनौं । बिस्तारै सम्झाई, बुझाई खुसीसाथ उत्त कुरा अस्विकार गर्नुपर्छ ।

कुटपिट गर्दै नगरौं

अक्सर बच्चाहरु आफुले मागेको कुरा वा इच्छा गरेको चिज हुनैपर्छ भन्ने सोच्छन् । यो उनीहरुको बालशुलभ प्रवृत्ति पनि हो । बच्चाहरुलाई सबै ज्ञान हुँदैन । कतिपय व्यवहारिक कठिनाइबारे पनि उनीहरु अनभिज्ञ हुन्छन् । त्यसैले बच्चाले कुनैपनि कुरा माग गर्नु, इच्छा राख्नु नाजायज होइन । अस्वभाविक होइन । यस्तो अवस्थामा उनीहरुले आफ्नो मागलाई जोडदार बनाउन झगडा गर्न सक्छन् । जिद्दी गर्न सक्छन् । तर, बच्चालाई यस्तो निहुँमा तह लगाउन कुटपिट गर्दै नगरौं । जब तपाईंले बच्चालाई कुट्न थाल्नु हुन्छ, त्यसले उनमा हिनताबोध पैदा हुन्छ । ग्लानी हुन्छ । भय हुन्छ । यी कुराहरुले उनीहरुको जीवनमा निकै नराम्रो असर पुग्छ ।

बच्चाको हरेक माग पुरा गर्न सकिदैन । उनीहरुले गर्ने सबै माग जायज पनि हुँदैनन् । तर, त्यस्ता कुराहरु नाजायज छ भन्ने कुरा अभिभावकले सही ढंगले बताउनै सक्दैनन्  । मनोविज्ञहरु भन्छन्, ‘कुटपिट भनेको अन्तिम र विकल्परहित हतियार हो । जब केही लाग्दैन, तब तपाईंले केही झाप्पु हान्न सक्नुहुन्छ । तर, बच्चामाथि हात उठाउनु आफैमा निन्दनिय काम हो । कुटपिटले बच्चा कहिले पनि अनुशासित हुँदैन । यो भ्रम आजै त्याग्नुहोस् ।’

१० बर्षभन्दा कम उमेरका बच्चाहरु मनलाई नियन्त्रण गर्न सक्दैनन् । उनीहरुमा यस्तो बुद्धीको विकास भएकै हुन्दैन कि, कुन कुरा पाउनका लागि कसरी त्यसको माग गर्नुपर्छ । तर, जब उनलाई तपाई पिट्नुहुन्छ, उसले सोच्छ कि, मलाई ममीले प्रेम गर्नुहुन्न । उनी यसले निरास हुन्छन् र एक्लोपनको शिकार हुनपुग्छन् । जो बच्चा अक्सर कुटपिट खाने गर्छन्, उनीहरु विद्यालयमा गएर आफ्ना सहपाठीसँग झगडा गर्ने वा त डराउने खालका हुन्छन् ।

उसको ध्यान भंग गरिदिनुहोस्

कहिले काहीँ के हुन्छ भने, जतिसुकै सम्झाउन खोजेपनि बच्चाहरुले आफ्नो जिद्दी छाड्दैनन् । यस्तो अवस्थामा अभिभावकले के गर्नुपर्छ भने उनीहरुलाई गाली नगरी, सतर्कतापूर्वक उनीहरुको ध्यान अन्तै मोडिदिनुपर्छ । उनीहरु जुन कुरामा केन्द्रित छन्, त्यसबाट हटेर अर्को रोचक कुरामा ध्यान मोड्नुपर्छ । यो बच्चालाई हुन्न भन्ने राम्रो तरिका हो ।

एकअर्काको कुरा नकाटौ

बच्चाको सबैभन्दा पहिलो र भरपर्दो पाठशाला भनेको आफ्नै घर हो । आफ्नै परिवार हो । धेरैजसो कुरा उनीहरुले घरपरिवारबाट सिक्छन् । यस्तो अवस्थामा आमाबुबाले एकअर्कालाई आरोप-प्रत्यारोप लगाउने, ठूलो स्वरमा कराउने गर्दै नगारौं । जस्तो कि घरका एक जनाले बच्चालाई टिभी हेर्न हुँदैन भन्योभ ने, अर्का सदस्यले टिभी हेर्नु पर्छ भनेर सिफारिस गर्नु हुँदैन । कुनै कुरालाई आज हुन्न भन्ने र भोलि हुन्छ भन्ने पनि नगरौं । यस्तो कुराले बच्चाले कुनैपनि कुरा गंभिरतापूर्वक नलिने बानी हुन्छ । जब हामी एकजुट भएर कुनै कुरा हुन्न भन्छौं, तब बच्चाले ठान्छन् कि, मैले गरेको कुरा ठिक होइन । यसरी उनीहरुले आफ्नो जिद्दी छाड्छन् ।

आफुलाई पनि अनुशासित राखौं

बच्चालाई सानैदेखि अनुशासनको पालना गर्न सिकाउनुपर्छ । उनीहरुलाई यस्तो कुरा भनेर वा उपदेश दिएर होइन, आफै उदाहरण बनेर सिकाउनुपर्छ । उनलाई प्रेमपूर्वक विहान चाडै उठ्ने, चाडै सुत्ने, चकलेट खाँदा दाँत सड्ने, खाना खाएपछि ब्रस गर्नुपर्ने, ठिक समयमा शौचालय जानुपर्ने, आफ्नो खेलौना आफैले मिलाउनुपर्ने जस्ता कुराहरु सिकाउनुपर्छ । र, जुन कुरा बच्चाका लागि हुँदैन भनिन्छ, त्यो कुरा आफ्नो लागि पनि हुँदैन । बच्चालाई चाडै सुत भन्ने र आफु चाहि रातभर बस्ने बानी ठिक हुँदैन । बच्चालाई खाना खानसाथ ब्रस गर भन्ने आफु चाहि नगर्ने हुँदैन । आफु टिभी हेर्ने वा मोवाइल चलाउने, बच्चालाई चलाउन हुन्न भन्ने बानीले बच्चालाई उल्टो असर पर्छ ।