Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पानीजहाजमा नेपाली व्यवसायीको कन्टेनर पनि जलेको पुष्टी

Friday, June 15, 2018 National Power

१ असार, काठमाडौं – कोलकाता आउँदै गर्दा बिहीबार जलेको कार्गो पानीजहाजमा नेपाली व्यवसायीको सामान नष्ट भएको छ । यो घटनामा कति नेपाली व्यवसायीको कति समान जल्यो भन्ने एकीन भएको छैन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले आफ्नो एक कन्टेनर मोबाइल पनि जलेको जानकारी दिए । नेपालका लागि माइक्रोम्याक्स कम्पनीको मोबाइल राखेर ल्याएको कन्टेनर जल्दा साढे तीन देखि ४ करोड बराबरको क्षति भएको मुरारकाले जानकारी दिए ।

बंगालको सामुन्द्रिक क्षेत्रमा सो आगलागीको घटना भएको थियो । जहाजबाट २२ जना क्रु-मेम्बरलाई सकुशल उद्धार गरिएको थियो । यो जहाजमा ४६४ वटा कन्टेनर थिए । ‘कोलकाता आउने धेरै जहाजमा नेपाली व्यवसायीको समनान हुनछ । अरु व्यवसायीको पनि कन्टेन परेको हुनसक्छ,’ मुरारकाले भने ।

उनले बीमा नगरी प्रतिपत्रपत्र (एलसी) खोल्न नपाइने भएकाले ठूलो घाटा भने बेहोर्नुनपर्ने बताए । ‘तर, बीमाको रकम तत्कालै आउँदैन । फेरि समान मगाएर ल्याउन प्रक्रिया पुर्‍याउँदा समय लाग्छ । त्यसले बिजनेसमा असर गर्छ,’ उनले भने ।