Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

पानीजहाजमा नेपाली व्यवसायीको कन्टेनर पनि जलेको पुष्टी

Friday, June 15, 2018 National Power

१ असार, काठमाडौं – कोलकाता आउँदै गर्दा बिहीबार जलेको कार्गो पानीजहाजमा नेपाली व्यवसायीको सामान नष्ट भएको छ । यो घटनामा कति नेपाली व्यवसायीको कति समान जल्यो भन्ने एकीन भएको छैन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले आफ्नो एक कन्टेनर मोबाइल पनि जलेको जानकारी दिए । नेपालका लागि माइक्रोम्याक्स कम्पनीको मोबाइल राखेर ल्याएको कन्टेनर जल्दा साढे तीन देखि ४ करोड बराबरको क्षति भएको मुरारकाले जानकारी दिए ।

बंगालको सामुन्द्रिक क्षेत्रमा सो आगलागीको घटना भएको थियो । जहाजबाट २२ जना क्रु-मेम्बरलाई सकुशल उद्धार गरिएको थियो । यो जहाजमा ४६४ वटा कन्टेनर थिए । ‘कोलकाता आउने धेरै जहाजमा नेपाली व्यवसायीको समनान हुनछ । अरु व्यवसायीको पनि कन्टेन परेको हुनसक्छ,’ मुरारकाले भने ।

उनले बीमा नगरी प्रतिपत्रपत्र (एलसी) खोल्न नपाइने भएकाले ठूलो घाटा भने बेहोर्नुनपर्ने बताए । ‘तर, बीमाको रकम तत्कालै आउँदैन । फेरि समान मगाएर ल्याउन प्रक्रिया पुर्‍याउँदा समय लाग्छ । त्यसले बिजनेसमा असर गर्छ,’ उनले भने ।