Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

चौथो सुन्दरादेबी संदेश म्यूजिक अवार्ड भब्यताको साथ् सम्पन्न

Sunday, June 10, 2018 National Power

काठमाडौँ – विगत ४ वर्षदेखि हुँदै आएको सुन्दरादेबी संदेश म्यूजिक अवार्डको चौथो संस्करण काभ्रेको बनेपामा भब्यताको साथ् सम्पन्न भएको छ । ‘नेपाली गीत संगीत हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने नारा सहित यो अवार्ड बिभिन्न जिल्लामा हुँदै आएको छ । अवार्डको यो वर्षको संस्करण बनेपामा भएको थियो । 

नेपाली गीतरसंगीतका ३३ विधामा अवार्ड वितरण गरिएको थियो भने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो । नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकले आयोजना गर्दै आएको अवार्डमा गीतरसंगीतका क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको आयोजक समितिका अध्यक्ष किरण अधिकारीले बताए ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्ति प्रेम ध्वज प्रधानलाइ लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने नेपाल कला क्षेत्रमा कलम चलाउने दुई जना पत्रकारलाई नगदसहित सम्मान गरिएको थियो ।