Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘यो माया कस्तो माया’चलचित्रको गीत सार्वजनिक (भिडियोसहित)

Friday, June 8, 2018 National Power

२५ जेष्ठ.काठमाण्डौ –  चलचित्र ‘यो माया कस्तो माया’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । एसकेएन सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘यो माया कस्तो माया’को राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

चलचित्रका मुख्य कलाकार दिवस धिताल र सभ्यता गिरीले फिचर गरेको गीतमा फिरोज बस्नेत र अन्जु पन्तको स्वर रहेको छ ।

कलेज उमेरमा हुने प्रेमी र प्रेमिका बीचको मायादेखी लिएर अहिलेसम्म कसैले परिभाषित गर्न नसकेको मायाको परिभाषाको खोजी गरिएको भनिएको चलचित्रका प्रस्तुतकर्ता किसान पोख्रेल हुन ।

भुषण आनन्द ठकुरीको निर्देशनमा तयार भएको चलचित्रको कथा ठकुरी आफैँले लेखेका हुन । चलचित्रमा अर्जुन पोख्रेलको सङ्गीत, शंकर महर्जनको द्वन्द , कबिराज गहतराज, रामजी लामिछाने, बिक्रम लामा, र एन्जिला खत्रीको कोरियोग्राफी, अर्जुन बिशीको सम्पादन तथा दिब्य सुबेदीको छायाँकन रहेको छ ।

प्रेम एकजनासँग हुन्छ र बिवाह अर्कोसँग हुन्छ, प्रेम भएकोसँग विवाह हुँदैन र विवाह भएकोसँग प्रेम हुँदैन भन्ने बिषय मा बनेको ‘यो माया कस्तो माया’ लाई काठमाडौं, दोलखा, तथा दार्जिलिङलगायतका स्थानहरुमा छायाँकन गरिएको छ ।

चलचित्रमा दिवस धिताल, सभ्यता गिरी , ऋतु पौडेल , युबराज केशरी , सुन्दर श्रेष्ठ , लय संग्रौला, सुमित डङ्गोल, तारा केशी , तुलसा शर्मा, शंकर महर्जन , सुर्यमान गुरुङ , महेस दाहाल, रोशन दाहाल, किरण राइ, दिपेन बस्नेत, बिकास पोख्रेल, नितु कोइरालालगायतको अभिनय रहेको छ ।