Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

ट्राफिक अपडेट

Sunday, June 3, 2018 National Power

२० जेठ, काठमाडौं – उपत्यका विभिन्न स्थान र समयमा हराएका १५ वटा मोटरसाइकल र स्कुटर खोजेर ट्राफिक प्रहरीले आज धनिलाई हस्तान्तरण गरेको छ । आज विहान पौने १० बजे महानगरीय ट्राफिक महाशाखाका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तले धनिलाई मोटरसाइकल र स्कुटर हस्तान्तर गर्नु भएको हो । काठमाडौको कोटेश्वर, तिनकुने, चावहिल, बुद्धनगर, ललितपुरको धापाखेल, चापागाउँ तथा मानभवन र भक्तपुरको गोठाटारबाट हराएका २० वटा २ पाङग्रे सवारी साधन ट्राफिक प्रहरीले खोजीको क्रममा विभिन्न मितीमा फेला पारेको हो । ती मध्ये ३ जना धनिसँग सम्पर्क नभएको र २ जना भने लिन नआएको महाशाखाले जनाएको छ ।२ पाङग्रे सवारी साधन चोरीमा संलग्न काठमाडौँको शंकारापुर ३ बस्ने २७ वर्षीय सेते तामाङलाई लब्सीफेदीबाट र नार्गाजुन नगरपालिका बस्ने ४० वर्षीय लाक्पा छिरिङ लामालाई नयाँबजारबाट नियन्त्रण लिएर आवश्यक कारवाहीका लागि महानगरीय अपराध महाशाखा टेकु पठाइएको छ ।

काठमाडौँ, नुवाकोट र खोटाङका छुट्टा छुट्टै स्थानमा आज ३ जना मृत फेला परेका छन् काठमाडौँको कोटेश्वर स्थित आकाशे पुल नजिकै आज विहान साढे ७ बजे अन्दाजी ५० वर्षीय पुरुष मृत भेटिएका छन् । नुवाकोटको विदुर नगरपालिका ६ बागे स्थित त्रिशुली नदीको बगरमा पनि अन्दाजी ४० वर्षीय पुरुष आज विहान ८ बजे मृत भेटिएको नुवाकोट प्रहरीले जनाएको छ ।

खोटाङ्गको दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालीका २ अल्छे ढुंगामा आज बिहान १ व्यक्ति मृत्त फेला परेका छन् । मझुवागढी नगरपालीका ३ का बेग बहादुर सार्की आज बिहान सवा ६ बजे मृत्त फेला परेका हुन् । शवलाई पोष्टमार्टको लागी जिल्ला अस्पताल पठाइएको छ ।

ललितपुरको नख्खु खोला नजिकै हिजो बेलुकी चौपायाले हानेर एक महिलाको मृत्यु भएको छ । सडकमा रहेको छाडा साढे गोरुले स्थानिय ६८ बर्षीया कृतमाया राईलाई हानेको थियो । हिजो बेलुकी ७ बजे, गोरुले हानेर गम्भिर घाइते भएकी राईको पाटन अस्पतालमा हिजो बेलुकी नै मृत्यु भएको हो ।

धभद कष्तभ उजयतयज्ञज्ञ