Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गीत रेकर्ड भएको २३ वर्ष पछि म्यूजिक भिडियो

Friday, June 1, 2018 National Power

काठमाण्डौ – कुनै दिन गायक राजेश पायल राईलाई चर्चामा ल्याएको गीत “वैगुनी रैछौ मायालु” को २३ वर्ष छि म्यूजिक भिडियो निर्माण भएको छ । परिवर्तित समयको माग सँगै अब गीत सुन्ने मात्रै नभएर हेर्ने प्रचलन बढेकोले भिडियो निर्माण गरिएको गीतका गीतकार भरत बमजनले बताउनु भयो ।

बमजनको रचना र बसन्त मुकारुङ्गको संगीत रहेको सो गीतले आफ्नो समयमा निकै चर्चा बटुले पनि भिडियो निर्माण भएको थिएन । भिडियो निर्माण पछि गीतले नयाँ जीवन पाउने र फेरि एकपटक चर्चाको शिखर चुम्ने विश्वास निर्माण समूहले गरेको छ । गीतको छांयाङ्कन रेशम दर्लामीले गरेका हुन भने अभिनय प्रतिभाशाली नायक एवं मोडेल श्रीदेव भट्टराई, पुरुषोत्तम नेपाली (सानु) र बर्षा चौलागाइले गरेका छन् ।

निर्देशन नेपाल टेलिभिजनका चर्चित सञ्चारकर्मी दिपक समिरले गरेका छन् । यो उनको म्यूजिक भिडियो निर्देशनमा पहिलो हो । अधिकांश छांयाङ्कन ललितपुरको लेलेमा गरिएको भिडियोको फरक कथा अत्याधुनिक प्रविधि एवं कलाकारहरुको जीवन्त अभिनयले गर्दा दर्शकले मन पराउने विश्वास निर्देशक समरिले व्यक्त गरे । भिडियो हाल सम्पादनमा रहेको र केही दिनमा सार्वजनिक गरिने तयारी गरेको छ ।