Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

गीत रेकर्ड भएको २३ वर्ष पछि म्यूजिक भिडियो

Friday, June 1, 2018 National Power

काठमाण्डौ – कुनै दिन गायक राजेश पायल राईलाई चर्चामा ल्याएको गीत “वैगुनी रैछौ मायालु” को २३ वर्ष छि म्यूजिक भिडियो निर्माण भएको छ । परिवर्तित समयको माग सँगै अब गीत सुन्ने मात्रै नभएर हेर्ने प्रचलन बढेकोले भिडियो निर्माण गरिएको गीतका गीतकार भरत बमजनले बताउनु भयो ।

बमजनको रचना र बसन्त मुकारुङ्गको संगीत रहेको सो गीतले आफ्नो समयमा निकै चर्चा बटुले पनि भिडियो निर्माण भएको थिएन । भिडियो निर्माण पछि गीतले नयाँ जीवन पाउने र फेरि एकपटक चर्चाको शिखर चुम्ने विश्वास निर्माण समूहले गरेको छ । गीतको छांयाङ्कन रेशम दर्लामीले गरेका हुन भने अभिनय प्रतिभाशाली नायक एवं मोडेल श्रीदेव भट्टराई, पुरुषोत्तम नेपाली (सानु) र बर्षा चौलागाइले गरेका छन् ।

निर्देशन नेपाल टेलिभिजनका चर्चित सञ्चारकर्मी दिपक समिरले गरेका छन् । यो उनको म्यूजिक भिडियो निर्देशनमा पहिलो हो । अधिकांश छांयाङ्कन ललितपुरको लेलेमा गरिएको भिडियोको फरक कथा अत्याधुनिक प्रविधि एवं कलाकारहरुको जीवन्त अभिनयले गर्दा दर्शकले मन पराउने विश्वास निर्देशक समरिले व्यक्त गरे । भिडियो हाल सम्पादनमा रहेको र केही दिनमा सार्वजनिक गरिने तयारी गरेको छ ।