Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

ट्राफिक अपडेट

Friday, June 1, 2018 National Power

१८ जेठ, काठमाण्डौ – धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ मलेखुमा गएराती ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका ४ का २८ वर्षीय निराजन सुनार रहेका छन् । उनको उपचारको क्रममा मलेखु अस्पतालमा राती नै मृत्यु भएको हो । गएराती पौने ११ बजे बा ४ ख १८ ९९ नम्बरको ट्रकले बा ८७ प ३३ ९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक सहित चालकलाई प्रहरी चौकी मलेखुले नियन्त्रणमा लिएको छ ।

चितवनको राप्ती नगरपालिका ५ चौकी डाडाँमा हिजो बेलुकी मोटर ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृतकको नाम थर र वतन भने खुल्न सकेको छैन । हिजो बेलुकी ७ बजे चेपाङ राजमार्गमा बाटो ग्रेडिङ गरी काठमाडौँतर्फ आउँदै गरेको मोटर ग्रेडर नियन्त्रण गुमाएर सडकबाट करिब ५० मीटर तल खसेको थियो ।

सप्तरीको बेल्हीचपेना गाँउपालिका १ मा हिजो बेलुकी ट्याक्टरको ढालाले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षिया सन्तोषीदेवी यादव रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हिजो बेलुकी ८ बजे आफ्नै घर अगाडी बसीरहेकी यादवलाइ स १ त २८५१ नम्बरको ट्याक्टरको ढाला फुस्किएर लागेको थियो । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

पर्साको वीरगंज महानगरपालिका २५ बहुअरी चोकमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालक गम्भीर घाइते भएका छन् । गएराती साढे ९ बजे ना ४० प ६१४२ नम्बरको मोटरसाइकल दुर्घटना हुदा पर्साको जगरनाथपुरका ३५ वर्षिय दिनेश साह तुराहा घाइते भएका हुन् । उनको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ७ बोर्डगाउँमा हिजो बेलुकी भएको सवारी दुर्घटनामा २ जना घाईते भएका छन् । हिजो बेलुकी ८ बजे बा ७१ प ५३६७ नम्बरको मोटरसाईकलले, लु ४० प १४७५ नम्बरको मोटरसाईकललाइ पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा १४७५ नम्बरको मोटरसाईकल चालक बाणगंगा नगरपालिका ८ का ३६ वर्षिय रमेश घिमिरे र सोही मोटरसाइकलमा पछाडी सवार ३२ वर्षिय प्रेम न्यौपाने घाइते भएका हुन् । घाईते दुबैलाई उपचारको लागि वुटवल ल्याइएको छ । घाईते मध्ये न्यौपानेको अवस्था गम्भीर रहेको छ । दुबै मोटरसाईकल र ५३६७ नम्बरको मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय पिपराले जानकारी दिएको छ ।

काठमाडौंको बालाजु स्थित गंगाहल नजिकै गएराती पानी ट्याङकरको ठक्करबाट पैदलयात्री गम्भिर घाइते भएका छन् । बालाजु बस्ने गोर्खाका २५ बर्षीय यमु परियार घाइते भएका हुन् । गएराती १० बजे, बा १ ख ८२६५ नम्बरको पानी ट्याङकरको ठक्करबाट घाइते भएका परियारको शिक्षण अस्पताल महराजगंजमा उपचार भैरहेको छ । ट्याङकर चालकललाई महानगरिय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ । त्यस्तै काठमाडौंको भोटाहिटी नजिकै पनि गएराती बा७३प ४९७५ नम्बरको मोटरसाइकल र बा ७५ प ५४८७ नम्बरको मोटरसाइकल आपसमा ठोकिदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा ४९७५ नम्बरको मोटरसाइकल चालक ललितपुरको लुभुका सविन थापा, सोही मोटरसाइकलमा पछाडि सवार काठमाडौँको मुलपानीकी शशिकला सुनार र ५४८७ नम्बरको मोटरसाइकलका चालक शुसिल चन्द रहेका छन् । घाइते तीनै जनाको राष्ट्रिय ट्रमा सेन्टर न्यूरोडमा उपचार भैरहेको छ । गएराती सवा ११ बजे, भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई महानगरिय प्रहरी वृत्त दरवारमार्गले नियन्त्रणमा लिएको छ ।