१८ जेठ काभ्रे / अरबिन्द्र गौतम – काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ११ धनेश्वरका ईश्वर थापाको उनैको घरमा कुटपिट गरी हत्या गरेका छन् । सोमबार राती करिब १० बजे उक्त घटना भएको अनुमान स्थानीय र प्रहरीले गरेका छन् ।
थापाको शरीरभरी घाउ चोट छन् भने दुई हात र दुई खुट्टा समेत भाँचिएको अवस्थामा थापाको शव फेला परेको हो । पछिल्ला दिनहरूमा काभ्रेको बनेपामा गुण्डागर्दी बढ्नुका साथ लागुऔषध कारोबार चोरी लगायतका घटनाहरू बढ्दै गएका छन् । घटनापछि स्वतन्त्र रुपमा व्यापार व्यवसाय गरेर बस्ने अवस्था पनि नभएको भन्दै स्थानीयवासीहरू त्रसित बनेका छन्