Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सपना डोल्पालीको आवाजमा “तिमी नेपालमा म त विदेशमा

Thursday, May 31, 2018 National Power

१७ जेष्ठ ,काठमाण्डौ – सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा राम तामाङको लोकदोहोरी गीत ”तिमी नेपालमा म त विदेशमा “ परदेशी नेपाली युवाको बास्तविक जिवन कहानीमा आधारित भएर तयार पारिएको भिडियोलाई आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराएका छन ।


गायक राम तामाङ र गायिका सपना डोल्पालीको सुमधुर आवाजमा गीत तयार पारिएको छ । धन कमाउने सपना बोकेर विदेशी मरुभुमिमा परिवारलाई सम्झदै परिवारको खुशीको लागी जिवनमा कठिन परिस्थतिलाई पनि आत्मसाथ गरेको पाइन्छ । राम तामाङको शब्द सिर्जना तथा मौलिक लय सिर्जना रहेको गीतमा मौलिकपनलाई अधिक मात्रामा प्रयोग गरिएको छ । आफना प्रेमी गाउँमा हुदाँ सगैँ धुमेको कुरालाई गीतमा समेटिएको छ ।

अरुन सुनारले छायाँकन गरेको भिडियोलाई प्रेम कुमार थारुले सम्पादन गरेका छन । “तिमी नेपालमा म त विदेशमा ” भिडियोमा नविन विरही श्रेष्ठ र पार्वती तमाङको अभिनय रहेको छ । गीतलाई सन्तोष पौडेलले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो