Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ट्राफिक अपडेट

Wednesday, May 30, 2018 National Power

१६ जेठ, काठमाण्डौ – यसबाहेक उपत्यकाका अन्य चोकहरु नयाँबानेश्वर, थापाथली, पुतलीसडक, भक्तपुरको सल्लाघारी र राधेराधे चोकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने छ ।

नवलपरासीको बर्दघाट सुस्ता पुर्व गैडाकोट नगरपालीका १४ अमरापुरीमा आज जिपको ठक्करबाट साइकल यात्री गम्भिर घाइते भएकी छिन् । गैडाकोट नगरपालीका १६ की अञ्जली खड्का घाइते भएकी हुन् । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । आज बिहान साढे ९ बजे, ना१झ १० ६६ नम्बरको जिपले साइकलयात्री खड्कालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न जिप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका ३ बल्पुकमा आज ट्रिपर र मोटरसाइकल आपसमा ठोकिंदा १ जना घाइते भएका छन् । मोटरसाइकल चालक स्याङजा पुतलीबजार नगरपालिका १ का २१ वर्षीय जमल अलि घाइते भएका हुन् । घाइते अलिको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । आज विहान साढे ७ बजे ग १ ख ७१ ५८ नम्बरको ट्रिपर र ग १४ प ५३ ५४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए । दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रिपर चालकलाई प्रहरी चौकी गल्याङले नियन्त्रणमा लिएको छ ।