Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

कफी पिउनुका तीन फाइदा जुन तपाईंले जान्नै पर्छ

Wednesday, May 30, 2018 National Power

१६ जेठ – कफीले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे विभिन्न अनुुसन्धानले पुष्टि गरिसकेको छ । संसारमा यस्ता धेरै मानिस छन् जो एक कप कफी नपिई आफ्नो दिनको सुरुवात गर्न सक्दैनन् । यस्ता व्यक्तिहरुका अनुसार कफीले उनीहरुको ‘डेली प्रोडक्टिभीटी’ अर्थात् आफ्नो दैनिकको उत्पादकत्व क्षमतामा विशेष प्रभाव पार्ने गर्दछ ।

कफी सप ठूला शहरमा मात्र नभई स–साना शहरमा पनि निकै चलनचल्तीमा छ । कफी सपमा साथीहरु, पत्रकार, साहित्यकार, कलाकार र बेरोजगारहरुको समूह जम्मा हुने गर्छन् । यो अहिलेको मात्र नभई निकै पुरानो प्रचलन हो । यद्यपी, कफीका यी सामाजिक मेलमिलापको फाइदाबारे त हामी सबैलाई थाहा छ । तर यो स्वास्थ्यका लागि कति फाइदाजनक छ रु यसबारे निकै कम मानिसहरु तथ्यको आधारमा चर्चा गर्दछन् ।

कफी फाइदाजनक ! मिथ वा वास्तविकता ?

दिनमा तीनदेखि चार कप कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अनुसन्धानकर्ताका अनुसार दुध र चीनि नहालिएको कफी पिउनु, सबैभन्दा उत्तम हो । कफीसँगै भारी स्न्याक्सको सेवन गर्दा यसले कफीको असरलाई कम गर्दछ । यस्तोमा बीबीसी फ्युचरको समूहले कफीसँग जोडिएका विभिन्न दाबी मिथ हुन् वा वास्तविकता भन्ने बारे जान्न खोजेको छ । लण्डन युनिभर्सिटी कलेजको साइन्स एण्ड टेक्नोलोजी डिपार्टमेन्टले कफीको असरमाथि एक प्रकारको नोट तयार गरेको छ । कफी तपाईंको शरिरका लागि कसरी फाइदाजनक छ भन्ने बारे थाहा पाऔंः

– नियमित रुपमा कफी पिउँदा टाइप–टु डायबिटीजको खतरा निकै कम हुन्छ । सबैभन्दा ताजा रिपोर्टलाई विश्वास गर्ने हो भने कफीको हरेक कपले तपाईंको मधुमेहको खतरालाई ७ प्रतिशतसम्म कम गर्ने गर्दछ ।

– कफीमा पाइने क्याफिनले पार्किन्सन्सको रोग रोक्न सहयोग गर्दछ ।

यद्यपी, अहिलेसम्म यो फाइदालाई जानकारले पक्का रुपमा कफीको लाभमा समावेश गर्दैनन् ।

– कफी पिउँदा कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुने गर्दछ ।

अन्य प्रकारका क्यान्सरमा कफीले कस्तो प्रभाव पार्छ त्यसबारे भने अहिले नै पक्का रुपमा भनिएको छैन । हुन त कफी स्वास्थ्यका लागि हरेक स्थितीमा राम्रो नै हुनुपर्छ भन्ने जरुरी छैन । जस्तै, केही अनुसन्धानले यो पनि बताउँछ कि यदि तपाईं नियमित रुपमा कफीको सेवन गर्नुहुन्न भने कफी पिएको एक घण्टाभित्र तपाईंलाई हृदयघात हुने खतरा धेरै हुन्छ । यद्यपी, यो अनुसन्धानले कफी पिउनेहरु कफी नपिउनेको तुलनामा धेरै वर्ष बाँच्ने स्पष्ट रुपमा बताएको छ । त्यसकारण यो भन्न सकिन्छ कि कफीले तपाईंलाई ‘फ्रेश’ बनाउने मात्र होइन, यो तपाईंको स्वास्थ्यका लागि फाइदाजनक पनि छ ।