Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

सलमान खानको आज हुने भनिएको नेपाल टुर स्थगित

Saturday, May 26, 2018 National Power

१२ जेठ , काठमाण्डौ –  भारतीय कलाकार सलमान खानको आज हुने भनिएको नेपाल टुर स्थगित भएको छ । खानसहितको टोलीले काठमाडौँको टुँडिखेलमा गर्ने भनिएको द ब्याङ्ग टुर कन्सर्ट हुनु एक दिन अगाडि अनिश्चित कालका लागि स्थगित भएको हो ।

यसअघि १० मार्चमा हुने भनिएको कार्यक्रम विप्लव समूहको चेतावनीका कारण स्थगित भएको थियो । त्यसपछि कन्सर्ट २६ मे अर्थात् आज शनिबारका लागि हुने कन्फर्म भएको सूचना ओडिसी इन्टरटेनमेन्टले गरेको थियो ।

तर २६ मेको दिन नजिकिँदासमेत कुनै तयारी गरिएको थिएन र एक दिन अगाडि कार्यक्रम नहुने जानकारी गराईको हो ।

सन् १९९८ मा फिल्म हम साथ साथ हैं को सुटिङका क्रममा गोली प्रहार गरी कृष्णसारको हत्या गरेको अभियोगमा सलमान खान दोषी ठहर भएका थिए । अदालतबाट दोषी ठहर भएलगत्तै उनी जेल परेका थिए । जोधपुर जेलमा दुई दिन विताएपछि उनलाई धरौटीमा रिहा गरिएको थियो ।

सलमान खानले विदेश यात्राका लागि जोधपुर जिल्ला प्रशासन र अदालतमा निवेदन दिएका थिए । जोधपुर अदालतले खानलाई विदेश यात्राका लागि अनुमति दिएको थियो ।

मे २५ देखि जुलाई १० को बीचमा सलमान क्यानडा, नेपाल र अमेरिकाको यात्रा गर्ने कार्यक्रम थियो ।