Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चर्चित यूवा क्रिकेटर लामिछानेलाई कार उपहार

Saturday, May 26, 2018 National Power

काठमाडौँ – आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् ।

सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई एक कार्यक्रमका विच कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा इन्डिया नेपालका प्रमुख अजितनारायण सिंहले लामिछानेलाई गाडीको साँचो हस्तान्तरण गरेका थिए ।

लामिछानेलाई दिल्ली डेडरडेभिल्सले बीस लाख भारतीय रुपैयाँमा आफ्नो टिममा अनुबन्ध गरेको थियो । आइपिएलमा उनले अन्तिम तीन खेल खेल्ने अवसर पाएका सन्दिपले उत्कृष्ट बलिङ गर्दै आफ्नो टिमका लागी पाँच विकेट लिएका थिए ।