Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ट्राफिक अपडेट

Wednesday, May 23, 2018 National Power

९ जेठ, काठमाडौं – कलंकी बल्खु र कोटेश्वर हुँदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । विस्तारको क्रममा रहेको कलंकी बल्खु सडकमा सवारी साधनको संख्या बढेसँगै चापको अवस्था सिर्जना भएको हो । कोटेश्वर क्षेत्रमा पनि सवारी साधनको संख्या बढेका कारण चाप रहेको छ । यसबाहेक उपत्यका अन्य मुख्य चोकहरुमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने छ ।

धादिङको बेनिघाट रोराङ गाँउपालीका ९ हुग्दी पुलमा आज बिहान ट्रक अनियन्त्रीत भएर हुग्दी खोलामा खस्दा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकमा सवार रहेका १ पुरुष व्यक्ति रहेको प्रहरी चौकी जोगीमाराले जनाएको छ । दुर्घटनामा ट्रकका चालक र परिचालक घाइते भएका छन् । घाइते भएका तीनै जनालाई उपचारको लागी राजमार्ग अस्पताल मलेखु पठाइएकोमा १ जनाको भने मृत्यु भएको हो । घाइतेहरुको सोही अस्पतालमै उपचार भैरहेको छ । मृत्तक तथा घाइतेहरुको नाम, थर, वतन खुल्न बाँकी रहेको धादिङ प्रहरीले जनाएको छ । आज बिहान पौने १० बजे, काठमाडौंबाट चितवन तर्फ जादै गरेको ना५ख १५ ६८ नम्बरको ट्रक अनियन्त्रीत भई सडकबाट अन्दाजी ४० मिटर तल खोलामा खसेको थियो ।

मोरङको सुन्दरहरैचा नगरपालीका ४ चिउरा मिलमा आज बिहान नियन्त्रण गुमाएर मोटरसाइकल पल्टीदा चालकको मृत्यु भएको छ । मोरङ विराटनगर ४ का २० बर्षीय असोक गोसाइको मृत्यु भएको हो । को३२प ६४ ६४ नम्बरको मोटरसाइकल आज बिहान ४ बजे, अनियन्त्रीत भएर पल्टीदा गम्भिर घाइते भएका गोसाइको उपचारको क्रममा वि।पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरी चौकी गछीयाले जनाएको छ ।