Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

राष्ट्रिय भावनामा हाम्रो साझा नेपाल (भिडियो सहित)

Tuesday, May 22, 2018 National Power

काठमाडौं – वर्षौंदेखि हिमाल पहाड तराईको मनोरम सुन्दरतामा रमाउँदै एकजुट भएर बसेका नेपालीहरु माझ केही समयदेखि हिमाल मेरो, पहाड मेरो वा तराई मेरो जस्ता एकतामा खलल पुग्ने खालका केही अभिव्यक्तिहरु पनि सुनिने गरेका छन् । यस्ता केही व्यक्तिहरुका निजी अभिव्यक्तिले एकताबद्ध नेपालीहरुको भावनामा ठेस ल्याउँन सक्छ । हामीले त हाम्रो नेपाललाई साझा मान्नु पर्छ ।

यस्तै भावानामा रहेर गीतकार तथा संगीतकार झोटन मेहता कुश्वाहा ले राष्ट्रिय भावनाले ओतप्रोत गीत “हाम्रो साझा नेपाल” लिएर आएका छन् । उनको उक्त गीतको भिडियो बुढासुब्बा डिजिटलको युट्युव मार्फत सार्वजनिक भएको हो ।

मिङ्मा शेर्पा, पबित्रा मेहता र सुनरवती मेहताको स्वर रहेको गीतको एरेञ्ज राजिव शाहले गरेका हुन् । मदन रोकायाको छायाँकनमा कृष्ण बि.सी.को निर्देशन रहेको भिडियोको सम्पादन ललित सिंह साउदले गरेका हुन् भनेरामकाजी खड्का , रामचन्द्र खड्का, गेहेन्द्र राजभण्डारी, प्रदीप गिरी,निरादेवी दुलाल , उषा अधिकारी, राजन श्रेष्ठ बिएस, रमेश भटट्राई, अञ्जली घिमिरे, खुमन सिंह तामाङ, गिता घिमिरे, अप्सरा के.सी., करुणा अरान तथा अनिता घिमिरेले अभिनय गरेका छन् ।