Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

जगत गुरु शंङ्कराचार्यले काठमाण्डौमा पहिलो पटक विषेश प्रवचन दिने

Tuesday, May 8, 2018 National Power

२५ बैशाख,काठमाण्डौ – यहि बैशाख ३० गते जगत गुरु शंकराचार्यले नेपालका विभिन्न स्थानहरुको भ्रमण गर्ने भएका छन् । आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर श्री गोवद्र्धनमठ–पुरी पीठाधिश्वर श्रीमज्जगद्गुरु शङ्कराचार्य पुज्यपाद स्वामी निश्चलानन्द सरस्वती जी महाराज स्वागतार्थ मुल समारोह समितिले सो कुराको जानकारी दिईएको छ ।

गुरुले नेपालमा रहेका राजधानी लगायत अन्य थुप्रै स्थानमा हुने धार्मिक सभा तथा नागरिक अभिनन्दन कार्यक्रममा समेत सरक भई सम्पुर्ण भत्तजनहरुलाई आसिर्वाद दिने आयेजक समितिका संयोजक स्वामीश्री पद्मधराचारले सम्मेलनमार्फत जानकारी दिनुभएको छ ।

साथै काठमाण्डौको टुडीखेल चितवन,भरतपुर,हेटौडा लगायतका ठाउहरुमा नागरिक स्तरबाट अभिनन्दन गरिने स्वागत समितिका संयोजक स्वामी पदमधराचार्यले बताएका छन् । काठमाण्डौमा पहिलो पटक विषेश प्रवचन हुने र उक्त प्रवचन कार्यक्रममा सहभागीहुन आयोजक समितिले आग्रह समेत गरेको छ ।
स्वामी पदमधराचार्यको संयोजकत्वमा बनेको अभिनन्नद मुल समितीले जगत गुरुलाई अभिनन्दन गर्ने बताएको छ ।