Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

जगत गुरु शंङ्कराचार्यले काठमाण्डौमा पहिलो पटक विषेश प्रवचन दिने

Tuesday, May 8, 2018 National Power

२५ बैशाख,काठमाण्डौ – यहि बैशाख ३० गते जगत गुरु शंकराचार्यले नेपालका विभिन्न स्थानहरुको भ्रमण गर्ने भएका छन् । आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर श्री गोवद्र्धनमठ–पुरी पीठाधिश्वर श्रीमज्जगद्गुरु शङ्कराचार्य पुज्यपाद स्वामी निश्चलानन्द सरस्वती जी महाराज स्वागतार्थ मुल समारोह समितिले सो कुराको जानकारी दिईएको छ ।

गुरुले नेपालमा रहेका राजधानी लगायत अन्य थुप्रै स्थानमा हुने धार्मिक सभा तथा नागरिक अभिनन्दन कार्यक्रममा समेत सरक भई सम्पुर्ण भत्तजनहरुलाई आसिर्वाद दिने आयेजक समितिका संयोजक स्वामीश्री पद्मधराचारले सम्मेलनमार्फत जानकारी दिनुभएको छ ।

साथै काठमाण्डौको टुडीखेल चितवन,भरतपुर,हेटौडा लगायतका ठाउहरुमा नागरिक स्तरबाट अभिनन्दन गरिने स्वागत समितिका संयोजक स्वामी पदमधराचार्यले बताएका छन् । काठमाण्डौमा पहिलो पटक विषेश प्रवचन हुने र उक्त प्रवचन कार्यक्रममा सहभागीहुन आयोजक समितिले आग्रह समेत गरेको छ ।
स्वामी पदमधराचार्यको संयोजकत्वमा बनेको अभिनन्नद मुल समितीले जगत गुरुलाई अभिनन्दन गर्ने बताएको छ ।