Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

अधूरो यो सपना . . .

Tuesday, May 8, 2018 National Power

अधूरो यो सपना साँची ढल्किदै छ जीवन,
हर रात तनाव भित्र सल्कदै छ जीवन।

बसन्तको याम थियो बेतोड उनको साथ,
साथ आज पराय भयो खल्कदै छ जीवन।

कर्कलाको पात माथि ढलपलाउने थोपा झैं,
विहानीको सित सरी टल्किदै छ जीवन।

जीन्दगीको घैंलाहरु रसाएर आँधा हुदा,
आधा घंइला पानी जस्तै छल्किदै छ जीवन।

बाटो मुनी फूल झै अलग रहि बस्दा आज,
एकान्तमा आँशु बगाई बल्झिदै छ जीवन।

न त वारी रहन सकें न त पारी तर्नै सकें,
घर न घात बनि मेरो अल्झिदै छ जीवन।



कृष्ण गौतम 
बर्मा (हाल थाईल्याण)