Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अधूरो यो सपना . . .

Tuesday, May 8, 2018 National Power

अधूरो यो सपना साँची ढल्किदै छ जीवन,
हर रात तनाव भित्र सल्कदै छ जीवन।

बसन्तको याम थियो बेतोड उनको साथ,
साथ आज पराय भयो खल्कदै छ जीवन।

कर्कलाको पात माथि ढलपलाउने थोपा झैं,
विहानीको सित सरी टल्किदै छ जीवन।

जीन्दगीको घैंलाहरु रसाएर आँधा हुदा,
आधा घंइला पानी जस्तै छल्किदै छ जीवन।

बाटो मुनी फूल झै अलग रहि बस्दा आज,
एकान्तमा आँशु बगाई बल्झिदै छ जीवन।

न त वारी रहन सकें न त पारी तर्नै सकें,
घर न घात बनि मेरो अल्झिदै छ जीवन।



कृष्ण गौतम 
बर्मा (हाल थाईल्याण)