Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘टिका बोम्जन एकल साँझ जेठ २८ मा

Tuesday, May 8, 2018 National Power

काठमाडौं – २१ वर्षको उमेरमा दुवै हात गुमाउनु पर्दाको पीडा कल्पनासमेत गर्न सकिँदैन । त्यो दिन सम्झिँदा टीका बमजनको मात्र होइन धेरैको मुटु काँप्छ । तर त्यही पीडा र दुखलाई सिर्जनामा बदलेर अघि बढेका गायक तथा संगीतकार टिका बोम्जन साहस र मेहनतका पर्याय बनेका छन् । गीत लेखन, संगीत सिर्जना एवं गायन तिनै विधामा दखल राख्ने उनले तीन सयभन्दा बढी गीत सिर्जना गरीसकेका छन् । नेपालका अधिकांश चर्चित गायकगायिकाले उनको संगीतमा स्वर दिइसकेका छन् । आफ्ना तिनै सिर्जनालाई श्रोता दर्शकमाझ प्रस्तुत गर्न अहिले उनी एकल लाइभ कन्सर्टको तयारीमा जुटेका छन् ।

भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लवमा जेठ २८ गते हुन लागेको ‘टिका बोम्जन एकल साँझ’को पहिलो खण्डमा नेपालका ख्यातीप्राप्त गायकगायिकाले उनका गीत गाउने छन् भने दोस्रो खण्डमा उनी आफैंले आफ्ना गीत प्रस्तुत गर्ने छन् । छांगाबाट झरना झ¥यो (कर्णदास), काँडे तारले बार (अन्जु पन्त), रोशी खोला (शिव परियार), मेरी सानु (प्रमोद खरेल), माटोले माग्दैन (सन्तोष लामा), तिमी रिसाउँदा (प्रमोद खरेल) चोलीको तुना (चन्दा घिसिङ)लगायत तीन सयभन्दा बढी गीतमा संगीत भरीसकेका टीकाको एकल कन्सर्टमा लगभग डेढ दर्जन् गीत प्रस्तुत गरिने छ ।

नेपाली सेनामा कार्यरत उनी २०५९ मंसिर १३ गते द्धन्द्धको समयमा नगरकोट रिपिटर टावर सुरक्षार्थ खटिएका बेला पोस्ट मर्मत गर्दा अचानक चिप्लिएर लडी पोस्ट नजिकैको हाइभोल्टेज विद्युतीय तारमा परे । करेन्ट लागेर दुवै हात काम नलाग्ने भएपछि उपचारकै क्रममा आफ्नो कर्मठ हातहरु गुमाउन पुगे । त्यस्तो विषम परिस्थितीमा पनि आफुलाई समाल्दै मुखले कलम समातेर गीत रचना एवं संगीत सिर्जना गर्दै आफ्नै आवाज र चर्चित कलाकारको स्वरमा रेकर्ड गराउँदै आएका छन ।

जीवनमा पहिलो पटक आयोजना हुन लागेको एकल लाइभ कन्सर्टका कारण उनी निकै उत्साहित छन् । ‘मैले संगीतप्रेमी श्रोतादर्शकबाट जति माया पाइरहेको छु त्यो मेरो लागी जिउने आधार बनेको छ’, टिकाले भने, ‘मेरो पहिलो एकल कन्सर्टमा पनि सबैको साथ र सहयोग पाउने अपेक्षा गरको छु ।’ हिमालयन नेपाली इभेन्ट्स प्रालीको आयोजनामा हुने कार्यक्रमबाट संकलित रकम पीडित, अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्ने उनले जानकारी दिए । ‘कार्यक्रमबाट उठेको रकम भविश्यका कर्णधार असहाय बालबालिकाको शिक्षा तथा जीवनवृतिका लागि सहयोग गर्ने लक्ष्य लिएको छ’, टीकाले भने ।
. म्यूजिक खवरवाट