Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

बेलहियादेखि बुद्धचोकसम्म ५० बुद्ध मूर्ति राखिने

Thursday, May 3, 2018 National Power

२० वैशाख, बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार मानिने सिद्धार्थनगरको बेलहिया(बुद्धचोक सडक खण्डमा ५० वटा बुद्ध मूर्ति राख्न पहल शुरु भएको छ । बेलहियादेखि बुद्धचोकसम्मको ५ किलोमिटर क्षेत्रमा ६ लेन सडकको बीच भाग ९डिभाइडर० मा हरेक एक सय मिटरको दुरीमा बुद्धमूर्ति राख्ने योजना छ । सिद्धार्थनगरलाई बुद्धमय बनाउन विश्वकै ठूलो बुद्धिष्ट ध्यान केन्द्र धम्मकाया फाउण्डेसन थाइल्याण्डले बुद्ध मूर्ति दिने भएको छ ।

सडकको बीचमा दुबैतर्फबाट देखिने गरी राखिने बुद्ध मूर्ति साढे ३ फिट अग्ला हुनेछन् । सिद्धार्थ बसपार्कभित्र राखिने बुद्ध मूर्ति भने १५ फिट अग्लो हुनेछ । बुद्ध मूर्ति प्राप्तिका लागि स्थानीय सरकार सिद्धार्थ नगरपालिकाले फाउण्डेसनलाई प्रस्ताव पठाउनुपर्ने छ । सिद्धार्थ होटल एशोसिएसनको अवधारणाअनुसार बेलहियादेखि बुद्धचोकसम्म बुद्ध मूर्ति राख्ने पहल थालिएको हो ।