Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भारतीय प्रधानमन्त्री मोदी पटनाबाट सीधै जनकपुर आउने, ओलीले स्वागत गर्ने तयारी

Tuesday, May 1, 2018 National Power

१८ वैशाख, जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा काठमाडौं नभई जनकपुरमा उत्रने भएका छन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ ।मोदी दुईदिने भ्रमणका लागि २८ गते नेपाल आउने कार्यक्रम छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का अनुसार भारतीय प्रधानमन्त्री मोदी पटनाबाट हेलिकोप्टर चढेर सीधै जनकपुर आउनेछन् र त्यहाँ जानकी मन्दिरमा पूजा गर्नेछन् ।

साथै बाह्रविघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि मोदी काठमाडौं आउनेछन् र मुक्तिनाथको पनि भ्रमण गर्ने कार्यक्रम छ ।‘पटनातिरबाट सीधै जनकपुर आउनुहुन्छ र काठमाडौं हुँदै मुक्तिनाथ जानुहुन्छ,’ मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, ‘भारतीय प्रधानमन्त्री जनकपुर आउने र मुक्तिनाथ जाने देशका लागि गौरवको विषय हो । उहाँको सम्मानमा जेजे सकिन्छ, त्यो तयारी गर्छौं ।’भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका लागि आवश्यक तयारी तीव्र बनाउन निर्देशन दिइएको उनले बताए ।