Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

भारतीय प्रधानमन्त्री मोदी पटनाबाट सीधै जनकपुर आउने, ओलीले स्वागत गर्ने तयारी

Tuesday, May 1, 2018 National Power

१८ वैशाख, जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा काठमाडौं नभई जनकपुरमा उत्रने भएका छन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ ।मोदी दुईदिने भ्रमणका लागि २८ गते नेपाल आउने कार्यक्रम छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का अनुसार भारतीय प्रधानमन्त्री मोदी पटनाबाट हेलिकोप्टर चढेर सीधै जनकपुर आउनेछन् र त्यहाँ जानकी मन्दिरमा पूजा गर्नेछन् ।

साथै बाह्रविघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि मोदी काठमाडौं आउनेछन् र मुक्तिनाथको पनि भ्रमण गर्ने कार्यक्रम छ ।‘पटनातिरबाट सीधै जनकपुर आउनुहुन्छ र काठमाडौं हुँदै मुक्तिनाथ जानुहुन्छ,’ मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, ‘भारतीय प्रधानमन्त्री जनकपुर आउने र मुक्तिनाथ जाने देशका लागि गौरवको विषय हो । उहाँको सम्मानमा जेजे सकिन्छ, त्यो तयारी गर्छौं ।’भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका लागि आवश्यक तयारी तीव्र बनाउन निर्देशन दिइएको उनले बताए ।