Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

छैठौं रापती म्युजिक अवार्ड २०१८ मा सर्वोत्कृष्ट नव गायकको अवार्ड शर्मालाई

Friday, April 13, 2018 National Power

काठमाण्डौ – राप्ती समाज काठमाडौँले हरेक वर्षझैँ यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरू म्युजिक अवार्ड वितरण गरेको छ । समाजले “ छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७४” का लागि विभिन्न ३५ विधामा उत्कृष्ट अवार्ड वितरण गरेको हो । सो अवसरमा यस वर्षको नव प्रतिभा अवार्ड लोकप्रिय गायक रुद्र शेखर शर्मा “रुढी”ले हात पारेका छन्् । उनको “दुख्दीन म” बोल गीतलाई उक्त अवार्ड दिएको राप्ती समाजले जनाएको छ ।
गायन क्षेत्रमा छोटो समयमै नेपाली दर्शक तथा श्रोताहरुको मनमनमा बस्न सफल गायक हुन रुद्र शेखर शर्मा । उनले पछिल्लो समय बजारमा ल्याएको रुपम एल्वम्ले निक्कै राम्रो लोकप्रियता कमाई रहेको छ ।

पाँच ओटा गीतहरु समावेश गरेर बजारमा ल्याइएको उक्त एल्वम भित्रकै एउटा गीत हो ”दुख्दीन म“ । गजल जनारामा गाइएको यो गीत अत्याधिक रुचाइएको गीत हो । छोटो समयमै जादुमय गायकि प्रस्तुत गरेर भिन्नै पहिचान दिन सफल गायक शर्माका पछिल्ला समयका हरेक गीत आम श्रोता माझ कर्णप्रिय छन् । गायनसँगै मोडलिगंमा समेत रुचि राख्ने शर्माले केही म्युजिक भिडियोहरुमा पनि अभिनय गरिसकेका छन् ।

छैठौ राष्ट्रिय रापती म्युजिक अवार्ड २०१८को लागि गायक शर्माले गायक पर्शु गीरीको तिम्रो त्यो मन्द मुस्कान, सुजन तिगेला लिम्बुको माया नी, यस राज कुमारको तिमिले सम्झेर होकी र अमर विकको हिड्दा हिड्दैलाई पछि पार्दै दुख्दीन म मार्फत सर्वोत्कृष्ट नव गायकको अवार्ड उचाल्न सफल भएका हुन ।