Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

यी खानेकुरा, जसले शरीरलाई क्यान्सर प्रतिरोधी बनाउँछ

Monday, April 30, 2018 National Power

१७ बैशाख ,काठमाण्डौ – क्यान्सर आफैमा भयावह रोग हो । यो रोगको कारण दिनदिनै हजारौंले ज्यान गुमाइरहेका हुन्छन्, त्यो पनि अत्यान्तै पीडादायक ढंगले ।त्यसैले क्यान्सर रोगको नाम सुन्नसाथ हामी डराउँछौं । क्यान्सरको उपचार जटिल र महंगो हुन्छ । कतिपय अवस्थामा त असंभव पनि । अप्ठ्यारो त के भने, सुरुवाती अवस्थामा क्यान्सर रोग लागेको थाहा हुँदैन । जतिबेला थाहा हुन्छ, उपचार ढिलो भइसकेको हुन्छ । त्यसैले हामी सधै आफ्नो शारीरिक अवस्था र परिवर्तनप्रति सधै चनाखो हुनुपर्छ ताकि क्यान्सरले गाँज्न नपाओस् ।

क्यान्सर अनेक कारणले लाग्छ । कतिलाई यो जन्मजात पनि लाग्न सक्छ भने कतिलाई वंशानुगत रुपमा । कतिलाई आफ्नै शरीरको घाउ, रोगले क्यान्सरग्रस्त बनाउँछ भने, कतिलाई वाहिरी हावापानीले पनि । घामको विकिरण, धूलो(धुँवा आदि समेत क्यान्सरको कारण बन्ने गरेको छ ।
हामी सधै क्यान्सरको जोखिममा हुन्छौं । त्यसैले शरीरलाई क्यान्सर प्रतिरोधी बनाउनेबारे खानपानदेखि जीवनशैलीसम्ममा ध्यान दिनुपर्छ ।वास्तवमा स्वस्थ्य खानपान, सक्रिय जीवनशैलीले धेरै हदसम्म क्यान्सरबाट बच्न सक्छौं । त्यसो त प्रकृतिमा यस्ता केही खानेकुरा छन्, जसले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । के हुन् त त्यस्ता खानेकुरा रु

ग्रीन टी
अहिले हामीकहाँ ग्रीन टि पिउने चलन बढेको छ । दुध, चिनी मिश्रति चियाको स्वाद परेकालाई ग्रीन टि स्वादिलो नलाग्न सक्छ । किनभने यो तीतो, टर्रो स्वादको हुन्छ । तर, ग्रीन टि यस्तो पेय हो, जसले शरीरलाई रोगमुक्त राख्न सहयोग गर्छ । ग्रीन टि एन्टिअक्सिडेन्टको सर्बाधिक राम्रो स्रोत हो । यसमा एक यस्तो तत्व पनि हुन्छ, जसले शरीरमा क्यान्सरको कोसिकालाई बढ्न दिदैन । नियमिन रुपमा ग्रीन टि पिउदा क्यान्सरको जोखिमबाट बच्न सकिन्छ । ग्रीन टि दिनमा तीन वा चार गिलाससम्म पिउनु उपयुक्त मानिन्छ ।
बेसार
त्यसो त बेसार हामी दिनहुँ सेवन गरिरहेका हुन्छौं । हाम्रो तरकारीमा बेसार अनिवार्य हुन्छ । हरेक छाकको तरकारीमा बेसार प्रयोग गर्छौं । भनौं, बेसार हाम्रो भान्सामा सजिलै र सधैजसो उपलब्ध हुने मसला हो । त्यसो त बेसार औषधीय गुणले भरिपूर्ण हुन्छ । स्वास्थ्यका लागि होस् वा सौन्दर्यका लागि, बेसार उपयोगी मानिन्छ । बेसार एउटा राम्रो एन्टिसेप्टिक हो । त्यसैले यसको नियमित सेवन गरौं ।
नरिवल पानी
हामीकहाँ नरिवल पानी पिउने त्यती प्रचलन छैन । नरिवल पानी स्वास्थ्यका लागि भने एकदमै लाभदायक मानिन्छ ।नरिवल पानीको सेवनले कतिपय क्यान्सरको संभावना समेत कम गराउँछ । यसको सेवनले आन्द्रा र कलेजोको क्यान्सरमा फाइदा मिल्छ । साथै यसले क्यान्सरको सम्भावनालाई पनि घटाउँछ ।
तुलसी
तुलसी बहुगुणी वनस्पति हो । आर्युवेदमा यसको ठूलो महत्व छ । तुलसीको पात सेवन गर्दा कतिपय रोग निर्मुल मात्र हुने होइन, यो वनस्पतिले हावालाई समेत शुद्धिकरण गर्छ । तुलसीलाई क्यान्सर किलर मानिन्छ । यसको नियमित सेवनले शरीरलाई क्यान्सर प्रतिरोधी बनाउँछ । त्यसो त सानोतिनो रोग, संक्रमणमा तुलसी पानी पकाएर खानुपर्छ, ठिक हुन्छ ।
नीम
नीम पनि आयुर्वेदिक महत्वको वनस्पती हो । यसलाईर् आयुर्वेदमा सर्वरोग नाशक भनिएको छ । नीममा क्यान्सरसँग लड्ने क्षमता हुन्छ । क्यान्सरको रोगीले यदि दैनिक नीमको ८ देखि १० पत्ता खुवाउने हो भने उसको स्वास्थ्यमा चाँडै सुधार देखिन थाल्छ ।
लसुन
भान्सामा सजिलै पाइने लसुन क्यान्सर प्रतिरोधी मानिन्छ । यसमा क्यान्सरसँग लड्ने गुण हुन्छ । लसुन पानीमा डुबाएर नियमित रुपमा पिउने गर्दा क्यान्सरको संभावना कम हुन्छ ।