Thursday 30th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

पसिना गन्हाउने समस्या छ ? यस्ता खानेकुरा त्यागौँ

Saturday, April 28, 2018 National Power

हामी जे खान्छौँ त्यसको असर शरीरमा पर्छ । यसको असर हाम्रो शरीरबाट आउने गन्धमा अर्थात् सुगन्ध वा दुर्गन्ध दुवैमा पर्छ । कुनै खानेकुरा खाँदा शरीरबाट दुर्गन्ध आउँछ, बढी खाइयो भने शरीरबाट सदैव त्यस्ते दुर्गन्ध फैलिरहन्छ । विभिन्न अनुसन्धानले बताएअनुसार केही खानेकुरा त्यस्ता छन् जसलाई गर्मी मौसममा सकेसम्म खानु हुँदैन, खाए पनि थोरै मात्र खानुपर्छ । गर्मी मौसममा त्यस्ता खानेकुराले पसिनाबाट बढी दुर्गन्ध पैदा हुन्छ, पसिना बढी गन्हाउँछ । खानेकुरामा सावधानी अपनाएर पनि पसिनाको दुर्गन्धबाट छुटकारा पाउन सकिन्छ ।

साथै केही त्यस्ता खानेकुरा पनि छन् जसको सेवनले पसिनाको दुर्गन्ध कम गर्न सघाउ पुर्‍याउँछन् । कुनै कुनै खानेकुराले त शरीर तथा मुखबाट सुगन्ध फैलाउनसमेत सहयोग पुर्‍याउँछन् । दूधः दूधमा कोलिन नामक तत्व पाइन्छ जसले दुर्गन्ध पैदा गर्दछ । दूधको सेवनबाट शरीर गन्हाउने दुष्प्रभावबाट बच्न दही खानुपर्छ । दहीमा त्यस्तो सक्रिय तत्व पाइन्छ जसले दुर्गन्ध फैलाउने तत्वको प्रभाव कम गर्न सहयोग गर्छ ।

अल्कोहलः अल्कोहलको सेवनले मुख, शरीर तथा पसिना सबैतिर दुर्गन्ध फैलाउँछ । यसको असर कम गर्न कागतीपानी पिउनुपर्छ जसले शरीरबाट टक्सिन निकाल्न मद्दत गर्छ भने अल्कोहलको प्रभाव कम गरी दुर्गन्ध फैलनसमेत रोक्छ । कफीः कफीले शरीर तथा सासको दुर्गन्ध बढाउने काम गर्छ । यसको प्रभाव कम गर्न हर्बल टी पिउनुपर्छ । यसमा हुने एन्टी अक्सिडेन्टले शरीरको टक्सिन बाहिर निकाली दुर्गन्ध कम गराउँछ । काउलीः काउलीमा कोलिन तथा भिटामिन बी पाइन्छ जसले पसिनामा दुर्गन्ध पैदा गराउँछन् । यसको प्रभाव कम गर्न ताजा स्याउको सेवन गर्नुपर्छ ।

लसुन र प्याजः लसुन तथा प्याजमा सल्फर नामक तत्व पाइन्छ जसको सेवनले पसिना धेरै नै गन्हाउँछ । यसको प्रभाव कम गर्न दालचिनी तथा सुकुमेल खानुपर्छ । फर्सीः फर्सीमा पनि कोलिन पाइन्छ जसले पसिना गन्हाउने समस्या बढाउँछ । यसको प्रभाव कम गर्न सुन्तला खान सकिन्छ । सुन्तलाको सेवनले शरीरमा सुगन्ध फैलाउनसमेत सहयोग गर्छ ।