Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

प्रधानमन्त्री ओलीविरुद्ध वैद्यको रेड मार्च 

Saturday, April 28, 2018 National Power

१५ बैशाख , काठमाडौ– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद भारतसँग गरिएको सम्झौतासँगै सकिएको दाबी गरेका छन् । शुक्रबार काठमााडैंको इन्द्रचोकमा युवा जागरण तथा मार्चपास अभियानको समापन समारोहमा बोल्दै उनले केही हप्ताअघि भएको प्रधानमन्त्री ओलीको भारत भ्रमण र त्यहाँ भएको सम्झौताले उनको नक्कली राष्ट्रवाद उदाङ्गिएको बताए ।

नेता वैद्यले प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गरेर जनतालाई भ्रममा पारेको आरोप समेत लगाए । उनले प्रश्न गरे, ‘प्रधानमन्त्री ओली समृद्धिका कुरा गर्छन् तर सीमा मिचिँदा किन बोल्दैन रु ओली नेतृत्वको सरकारलाई अहिले राष्ट्रवादी भनिए पनि त्यसले दलाल पूँजीवाद र सामन्तवादको रक्षाकवचको काम गरिरहेको समेत उनले आरोप लगाए ।

महासचिव वैद्यले यो सरकारले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षा गर्न नसक्ने समेत उनले ठोकुवा गरे । महासचिव वैद्यले अर्को एक प्रसंगमा झापा आन्दोलन र जनयुद्धको नेतृत्व गरेको जस एमाले र माओवादीले लिन नमिल्ने समेत बताए । उनले ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै ती आन्दोलनको नेतृत्व गरेको नाममा कम्युनिष्ट आन्दोलनलाई संसदमा लगेर टुंग्याएको आरोप समेत लगाए ।

उनले भने, झापा आन्दोलन र जनयुद्ध एमाले र माओवादीले गरेको होइन, यो हामीले गरेको हो । कार्यक्रममा सो पार्टीका नेता सीपी गजुरेलले सरकारलाई फाँसीवादीको संज्ञा दिए । पार्टी निकट क्रान्तिकारी युवा लिग नेपाल, ३ नम्बर प्रदेशको आयोजनामा सम्पन्न सो अभियान टुँडिखेलबाट सुरु भएर न्यूरोड, बसन्तपुर हुँदै इन्चोकमा पुगी सभामा परिणत भएको थियो ।