Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगे किम जोंग उन

Friday, April 27, 2018 National Power

१४ बैशाख ,उत्तर कोरिया – उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ मा कोरियाली युद्धपछि ९जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए० दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मून–जे इनले दुई देशबिच शिखर बैठक सुरु हुनुअघि नाकामा स्थानीय समानुसार बिहान साढे ९ बजे किमलाई स्वागत गरेका थिए । दुबै नेतालाई एउटा परम्परागत कोरियाली सम्मान गराद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो ।

सांकेतिक कदमहरुले भरिपूर्ण एउटा पल थियो जब किम र मूनले दुबै देशको गैरसैनिक क्षेत्रमा हात मिलाए । दक्षिण कोरियाली राष्ट्रपति मूनले पनि उत्तर कोरियाली भूमिमा पाइला टेके, जुन अपेक्षा नगरिएको एउटा पल थियो ।

समाचार एजेन्सी एफपीका अनुसार मूनले किमलाई भने, ‘तपाईंलाई भेट्न पाएकोमा खुसी छु ।’

कुराकानीका मुद्दाः

केहीबेरमा दुई नेताहरुले गैरसैनिक क्षेत्रमा औपचारिक वार्ता सुरु गर्दैछन् । उनीहरुबीचको ऐतिहासिक वार्ता पारमाणविक कार्यक्रम परित्याग गर्ने उत्तर कोरियाको पछिल्लो चाहनामा केन्द्रित हुनेछ ।