Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

संगीत उत्पादक समाजको मुद्धामा उच्च अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर

Thursday, April 26, 2018 National Power

काठमाडौं – सङ्गीत उत्पादक समाजको नव निर्बाचीत कार्यसमितीलाई दैनिक काम कार्यबाहिमा रोक लगाउन माग गर्दै अन्तरिम आदेशको माग दाबी सहित मुद्धा दर्ता भएको थियो । अन्तरिम आदेशको माग गर्दै पुनरावेदन अदालत पाटनमा दायर मुद्धामाथीको बहस पछि हिजो उच्च अदालतका न्यायाधिस द्धय भानुभक्त शर्मा न्यौपाने र बलभद्र बास्तोलाको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । गत चैत २३ गते भएको संगीत उत्पादक समाजको चुनाबमा धाँधली भएको भन्दै करिव ५ दर्जन संगीत ब्यबसायीहरु हरुले दायर गरेको मुद्धामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ ।

यो संगै नयाँ सदस्यको सदस्यता छानबिनका लागि प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यालयको नाममा परमादेश जारी गरिपाउ भन्ने उजुरीकर्ताको मागमा सम्बन्धमा उच्च अदालतले १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।आजको बहसमा बिपक्षीकातर्फबाट निर्बाचन समितिका संयोजक अधिबक्ता तारा श्रेष्ठ र अर्का अधिबक्ता मेजर थापा र प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयबाट सरकारी वकिलले बहश गरेका थिए । त्यसै गरी निबदेकका तर्फबाट अधिबक्ता हिरा रेग्मी र जयलाल भण्डारीले बहश गरेका थिए ।

विन्ध्यवासिनी म्युजिक प्रा ली सहितका करिव ५ दर्जन ब्यबसायीकातर्फ बाट बैसाख ३ गते उच्च अदालतमा मुद्धा दर्ता गरिएको थियो । गत चैत २३ गते भएको संगीत उत्पादक समाजको साधारण सभाबाट अध्यक्ष निर्मल ढकाल सहितका पदाधिकारी निर्वाचित भएका थिए ।