Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कोशिपारिको बाटोमा कालोपत्रे सुरु

Friday, April 20, 2018 National Power

७ बैशाख,काभ्रे – कोशीपारी दोलालघाट हुँदै भुम्लुटार सम्मको बाटो कालोपत्रे आज बाट सुरु भएको छ । हालै नव निर्वाचित ऐमाले तर्फका अध्यक्ष गुमान्धोज कुवंरले जनताले आफुलाई मत दिए बापत कच्चि मोटर बाटो पिच गर्छु भनेर बाचा गरेको थिए ।  निर्वाचन पछी लागतै कुवरले बिकास निर्माणको कामलाई तिब्रता दिदै आएकोले स्थानीय खुशी हुदै आएका छन् ।

कोशीपरि पनि बिस्तारै सुगम हुदै जब स्थानीय निर्वाचन पछी कुवंरले बिकास निर्माणको कार्यलाई तिब्रता दिएर आगडी बढेपछि मोटर बाटो ,शिक्षा ,स्वास्थ ,खानेपानी आदिको बिकास गर्दै आएकाले कोशिपरिको मुहारनै परिवर्तन भएको छ । कच्ची मोटर बाटो द्दण्ठट असार सम्म पिच सम्पन्न हुने भनी अध्यक्ष कुवँरले जानकारी दिनु भयो ।

साथै कुवंरले खानेपानी, बिजुली , सडक न पुगेको ठाँउमा सडक , गुणस्तरीय शिक्षा लगायत विभिन्न बिकास निर्माणका कार्य गर्दै आएकोले स्थानीय खुसीहुँदै हाम्रो मत खेर गएन भन्दै आएका छन् ।

अरबिन्द्र गौतम / काभ्रे