Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बुण्डेस लिगमा घट्यो यस्तो रोचक घटना

Tuesday, April 17, 2018 National Power

४ वैशाख ,काठमाण्डौ – जर्मन बुण्डेस लिगमा एक रोचक घटना भएको छ । मेइन्ज र फ्रेइबर्गबीचको खेलमा हाफ टाइम भएपछि खेलाडीहरु ड्रेसिङ रुममा गए । तर रेफ्री गुइडो विङ्कम्यानले दुवै टिमलाई पुनः मैदानमा बोलाएर मेइन्जलाई पेनाल्टीको अवसर दिए । भिडियो एसिस्टेन्ट रेफ्री भार प्रविधिको धेरै स्थानमा आलोचना भइराखेको समयमा बुण्डेस लिगाको खेलमा पनि उनले समयमा निर्णय दिन सकेनन् ।

फ्रेइबर्गका खेलाडीको ह्याण्डबल भएको पत्ता लाग्न समय लागेपछि रेफ्रीले ड्रेसिङ रुम पुगिसकेका खेलाडीलाई मैदानमा बोलाएका थिए । मिडफिल्डर पाब्लो डी ब्लासिसले गोल गरे । ७८ औं मिनेटमा पनि ब्लासिसले गोल गर्दै मेइन्जलाई २–० को जित दिलाए ।