४ वैशाख ,काठमाण्डौ – जर्मन बुण्डेस लिगमा एक रोचक घटना भएको छ । मेइन्ज र फ्रेइबर्गबीचको खेलमा हाफ टाइम भएपछि खेलाडीहरु ड्रेसिङ रुममा गए । तर रेफ्री गुइडो विङ्कम्यानले दुवै टिमलाई पुनः मैदानमा बोलाएर मेइन्जलाई पेनाल्टीको अवसर दिए । भिडियो एसिस्टेन्ट रेफ्री भार प्रविधिको धेरै स्थानमा आलोचना भइराखेको समयमा बुण्डेस लिगाको खेलमा पनि उनले समयमा निर्णय दिन सकेनन् ।
फ्रेइबर्गका खेलाडीको ह्याण्डबल भएको पत्ता लाग्न समय लागेपछि रेफ्रीले ड्रेसिङ रुम पुगिसकेका खेलाडीलाई मैदानमा बोलाएका थिए । मिडफिल्डर पाब्लो डी ब्लासिसले गोल गरे । ७८ औं मिनेटमा पनि ब्लासिसले गोल गर्दै मेइन्जलाई २–० को जित दिलाए ।