Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

सिरियामा रुसी विदेश मन्त्रीले दिए ग्यारेन्टी

Tuesday, April 17, 2018 National Power

४ वैशाख,  सिरिया – बीबीसीको कार्यक्रम ‘हार्ड टक’मा कुरा गर्दै रुसी विदेश मन्त्री सर्गेई लावरोवले भनेका छन् ‘म ग्यारेन्टी दिन सक्छु कि रुसले त्यो ठाउँमा कुनै छेडाखानी गरेको छैन ।’ब्रिटेन र अमेरिकाले डुमामा भएको रासायनिक हमलाको प्रमाण लुकाउन रुसले सिरियाली सरकारलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।  अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता डुमा कस्बेसम्म पुग्न सकेका छैनन् । जसमा रुसले भनेको छ । सिरियामा रासायनिक हमला भएको ठाउँको निरीक्षण बुधबार हुन सक्नेछ ।

अमेरिकाले रासायनिक हतियारको निगरानी गर्ने अन्तर्राष्ट्रिय समूहलाई रासायनिक हमला भएको ठाउँमा हमलाको प्रमाणसँग रुसले हेराफेरी गर्नसक्ने भन्दै सचेत गराएको थियो । अर्गनाइजेशन फर प्रोहिविसन अफ केमिकल वेपन्स (ओपीसीडब्लु) नामक संस्थाले विश्वभरी रासायनिक हतियारको नष्ट गर्ने र त्यसको रोकथामका लागि काम गर्दै आएको छ । ओपीसीडब्लुका अनुसार उसका नौ सदस्यीय जाँच दललाई सिरिया र रुसका अधिकारीहरुले त्यहाँ अझै सुरक्षित नभएको भन्दै जान दिएको छैन ।

डुमामा ७ अप्रिलमा रासायनिक हमला भएको थियो । त्यतिबेला त्यहाँ विद्रोहीको नियन्त्रण थियो । अहिले सिरियाली सरकार र रुसी सेनाको नियन्त्रणमा छ ।