Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

ट्राफिक अपडेट

Monday, April 16, 2018 National Power

३ बैशाख,काठमाण्डौ – उपत्यका स्थित कलंकी, कोटेश्वर सडक खण्डमा सवारी साधन चापमा चलिरहेका छन् । चाप रहेका स्थानमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरीरहेको छ । मातातिर्थ मन्दिर परिसरमा दर्शनार्थीको भिडभाड रहेका कारण गुर्जुधारा चोक र थानकोट स्थित टेलिकम कार्यालय अगाडिबाटै, मातातिर्थतर्फ सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । सतुङगलबाट मातातिर्थ जाने भाडाका सवारी साधन बौैंथलीसम्म मात्रै जान पाउछन् भने फर्किने क्रममा भने बोशीगाउँ हुँदै सिप्रदी निस्कने व्यवस्था मिलाइएको छ । चारपाङग्रे तथा २ पाङग्रे सवारी साधन भने जनकल्याण माध्यमिक विद्यालयसम्म जान सक्नेछन् । जसले गर्दा सतसङगल, गुर्जुधारा र थानकोट सडकखडमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । यस बाहेकका चोकहरुमा भने सवारी साधनले ट्राफिक ब्यबस्थापनको क्रममा पालो पर्खनुपर्ने अवस्था रहेको छ ।

नवलपरासीको बर्दघाट सुस्ता पुर्बको कावासोती नगरपालिका १४ स्थित एक घरमा आगलागी हुदा १ लाख ५० हजार बराबरको क्षती भएको छ । स्थानिय जित कुमार महतोको घरमा आज दिउसो बिधुत सर्ट भई आगलागी हुदा उक्त रकम बराबरको क्षती भएको हो ।