Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

ट्राफिक अपडेट

Monday, April 16, 2018 National Power

३ बैशाख,काठमाण्डौ – उपत्यका स्थित कलंकी, कोटेश्वर सडक खण्डमा सवारी साधन चापमा चलिरहेका छन् । चाप रहेका स्थानमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरीरहेको छ । मातातिर्थ मन्दिर परिसरमा दर्शनार्थीको भिडभाड रहेका कारण गुर्जुधारा चोक र थानकोट स्थित टेलिकम कार्यालय अगाडिबाटै, मातातिर्थतर्फ सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । सतुङगलबाट मातातिर्थ जाने भाडाका सवारी साधन बौैंथलीसम्म मात्रै जान पाउछन् भने फर्किने क्रममा भने बोशीगाउँ हुँदै सिप्रदी निस्कने व्यवस्था मिलाइएको छ । चारपाङग्रे तथा २ पाङग्रे सवारी साधन भने जनकल्याण माध्यमिक विद्यालयसम्म जान सक्नेछन् । जसले गर्दा सतसङगल, गुर्जुधारा र थानकोट सडकखडमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । यस बाहेकका चोकहरुमा भने सवारी साधनले ट्राफिक ब्यबस्थापनको क्रममा पालो पर्खनुपर्ने अवस्था रहेको छ ।

नवलपरासीको बर्दघाट सुस्ता पुर्बको कावासोती नगरपालिका १४ स्थित एक घरमा आगलागी हुदा १ लाख ५० हजार बराबरको क्षती भएको छ । स्थानिय जित कुमार महतोको घरमा आज दिउसो बिधुत सर्ट भई आगलागी हुदा उक्त रकम बराबरको क्षती भएको हो ।