Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

“कति सम्झे ,कति भुँले ” भन्दै हङकङ निवासी ज्ञान सुव्वा (भिडियो सहित)

Sunday, April 15, 2018 National Power

२ बैशाख,काठमाडौं – नेपाली संगीतिक दुँनियामा आफ्नो वेग्लै पहिचान वनाएका हङकङ निवासी गायक ज्ञान सुब्बाले “कति सम्झे ,कति भुँले “गीतको भिडियो नयाँ वर्षको अवसरमा  हङकङवाट सार्वजानिक गरेका छन् ।

दार्जिलिङका विभिन्न रमणिय स्थानमा छायाङकन गरेर तयार पारिएको म्युजिक भिडियोलाई युटुव मार्फत सार्वजनिक गरिएको हो । माया र प्रेमभावलाई समेटेरनिर्देशक सोनाम पाख्रिनद्धारा तैयार पारिएको म्युजिक भिडियोमा कलाकार दिक्पाल कार्की र क्रिस्टिना थापाको अभिनय देख्न सकिन्छ ।

छेवाङ लामाको शब्दमा दिनेश सुब्बाको संगीत, फडिन्द्र राईको एरेन्ज र मिन विष्टले मिक्सिङ र मास्टरिङ गरेका छन् । विष्टले यस अघिनैे नेपालमै पहिलो पटक थ्रिडि प्रविधिमा तैयार पारेको गीत समेत सार्वजानिक गरिसकेका छन् ।

सुव्वाले निर्माण गरेको भिडियोमा उत्सव ढकालको छायांकन, सुशिल न्यौपानेको सम्पादन रहेकोछ।

(भिडियो सहित)