Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

त्रिशूलीमा ट्रक खस्दा दुई घाइते

Saturday, April 14, 2018 National Power

१ वैशाख, चितवन – वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा दुई जना घाईते भएका छन् । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५०० मिटर तल नदीमा झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाईते हुनेमा ट्रकका चालक र सहचालक रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइतेको नाम, थर खुल्न सकेको छैन । बिहान करीब ४ बजेको समयमा सडकबाट ट्रक खसेको प्रहरीले देखे पछि उनीहरुको उद्धार गरि उपचारका लागि भरतपुर ल्याइएको हो । ट्रकलाई नदीबाट बाहिर निकाल्ने प्रयास भइरहेको छ ।