Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

धनगढी प्रिमियर लिगको उपाधि टिम चौराहालाई

Friday, April 13, 2018 National Power

३० चैत, धनगढी – टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि रक्षा गरेको हो । उसले उपाधिसँगै २५ लाख रुपैयाँ हात पारेको छ । गएको वर्ष पनि धनगढीले नै उपाधि जितेको थियो ।

धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । १२१ रन बनाउँदा चौथो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि काठमाडौं दबावमा परेको थियो । तर, सनिप पटेलले आक्रामक पारी खेले ।
१२ बलमा २२ रन बनाएका उनलाई रोहन मुस्तफाले बोल्ड गरे । त्यसपछि खेल टिम चौराहाको पक्षमा गयो । काठमाडौंका अमित श्रेष्ठले ३९ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३० र नरेश बुढाएरले १९ रन बनाए । पुष्प थापाले १० बलमा १५, रसिद खान २ रनमा आउट हुँदा भुपेन्द्र थापाले खाता नै खोल्न सकेनन् ।

टिम चौराहा धनगढीका ललित भण्डारीले तीन, रोहन मुस्तफाले दुई, समसद शेख र योगेन्द्र सिंह कार्कीले एकरएक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको धनगढी टिम चौराहले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । १२ रन जोड्दा पहिलो विकेट गुमाएको टिम चौराहको पारी सुनिल धमला र रोहन मुस्तफाले सम्हालेका थिए । उनीहरुले दोस्रो विकेटका लागि १४२ रनको साझेदारी गरेका थिए ।

धमलाले ६३ बलमा ७८ रन बनाए । ३ छक्का र ८ चौका हानेका उनी अन्तिम ओभरको दोस्रो बलमा सुबोध भाटीको बलमा क्याच आउट भए । रोहन मुस्तफाले ४२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६० रन बनाए । उनी १८ औँ ओभरको पहिलो बलमा रन आउट भएका थिए ।