Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

घाइते धर्मगुरु श्रीनिवास भेटन पुगिन् बलिउड अभिनेत्री मनिषा

Friday, April 13, 2018 National Power

मोरङ– बलिउड अभिनेत्री मनिषा कोइरालाले गोली प्रहारबाट घाइते भएका धर्मगुरु श्रीनिवासाचार्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत श्रीनिवासाचार्यलाई भेट्न मनिषासँगै पिता प्रकाश कोइराला र आमा सुष्मा कोइराला पुगेका थिए ।

मनिषाले घटनाप्रति दुःख व्यक्त गर्दै श्रीनिवासाचार्यको स्वास्थ्यलाभको कामना गरेको बताइन् । त्यस्तै उनले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग समेत गरिन् । यसअघि, आचार्यलाई भेट्न मन्त्री लालबाबु पण्डित पनि अस्पताल पुगेका थिए । आचार्यमाथि गत गत चैत २४ गते राती गोली प्रहार भएको थियो । यसैवीच श्रीनिवासाचार्यमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमध्ये दुई जना मोरङका र एक जना सुनसरी झापाका रहेका छन् ।

प्रहरीले घटना भएकै दिन २ जना र बिहीबार बेलुका २ सहित ४ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई दाहिने कुममा गोली लागेको थियो । स्वामीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।