Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काभ्रे कोशीपारी भुम्लुटार सम्मको कच्ची मोटर बाटो कालोपत्रे हुने

Thursday, April 12, 2018 National Power

२९ चैत,काभ्रे  – कोशीपारी दोलालघाट हुदै भुम्लुटार सम्मको कच्ची मोटर बाटो कालोपत्रे हुने भएको छ। केहि वर्ष अघि देखिनै सडकको नाली तयार गरि ग्राबेल गर्दै सडक ठुलो र फराकिलो बनाउने काम भइरहेको थियो। कोशीपारीको बाटो कालोपत्रे हुने निश्चित भए लगत्तै कोशीपारीका सर्वसाधारण जनताले कच्ची बाटोको कारण बर्षौं देखि झेल्दै आइरहेको असहज र हजारौं पीडाहरुको बाटोले मलम पट्टीको रुपमा काम गर्ने भन्दै खुसी व्यक्त गरदै आइरहेको छन्।

भुम्लुटारको स्थानीयले स्थानीयनिर्वाचनमा मत माग्ने नेताहरु सामु आफ्नो घर हुदै दोलालघाट सम्म जाने बाटो पक्की गर्नेलाई मत दिने भनि वाचा गरेको थिए र एमालेको तर्फबाट उम्मेदवार बनेका गुमान धोज कुवर ले जनताले मत दिएर आफूलाई जिताएको खण्डमा कोशीपारीको बाटोलाई प्राथमिकताका साथ कालोपत्रे गर्ने संकल्प गरेका थिए । त्यस लगतै स्थानीय निर्वाचित भुम्लु गाउँ पालिका का अध्यक्ष गुमान धोज ले जनताको गुनासो लाई ध्यानमा राखी कच्ची मोटर बाटो पिच गर्न भएका छन् । पिच मोटर बाटो द्दण्ठट असार सम्म सम्पन्न गर्ने ठेकेदार कम्पनीले जानकारी दिएको छ

अरबिन्द्र गौतमर काभ्रे