Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भारतमा स्कुल बस दुर्घटना, २७ को मृत्यु

Tuesday, April 10, 2018 National Power

२७  चैत,काठमाडौं  – भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ । काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेको पुष्टि भएको छ । स्कुल बिदा भएपछि ६० जना विद्यार्थीलाई घर छोड्न गएको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।