कति लिन्छौ आफ्नो चिन्ता देशको कुरा गर अब कति पर्छौ अर्काकै आश आफ्नै भर पर अब बिकासको रहर बुन्दै सुषुप्त ती सपना बोकि हरेक साँझ रुन्छिन आमा भयो फर्क घर अब तिम्रो देशको मुटुभरी दमनिले भाला रोप्दा आँसु बगे बलेसि झरि चाँडै खोली तर अब सहिदको रगतलाई कुल्चीएर हिँड्छन् ठुला खुकुरीमा पाइन थप्दै कोसे भञ्ज्याङ् झर अब पाखुरामा घान कुट्दै पसिना लाई पिउँदै तिमी सहासले शिर उठाइ स्वदेशमै मर अब।। बिमला कार्की धरान - १७ सुनसरी