Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

 अभ्यास

Monday, April 9, 2018 National Power

 

कति लिन्छौ आफ्नो चिन्ता देशको कुरा गर अब
कति पर्छौ अर्काकै आश आफ्नै भर पर अब

बिकासको रहर बुन्दै सुषुप्त ती सपना बोकि 
हरेक साँझ रुन्छिन आमा भयो फर्क घर अब

तिम्रो देशको मुटुभरी दमनिले भाला रोप्दा 
आँसु बगे बलेसि झरि चाँडै खोली तर अब

सहिदको रगतलाई कुल्चीएर हिँड्छन् ठुला 
खुकुरीमा पाइन थप्दै कोसे भञ्ज्याङ् झर अब

पाखुरामा घान कुट्दै पसिना लाई पिउँदै तिमी 
सहासले शिर उठाइ स्वदेशमै मर अब।।

बिमला कार्की 
धरान - १७ सुनसरी