Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गजल : सम्झिदा ति दिनहरु

Sunday, April 8, 2018 National Power

गजल
 सम्झिदा ति दिनहरु,मुटु जलेर आयो ।
 यिनै थिए जिबनमा,बत्ति झै बलेर आयो ।।

तिमीलाई नै देखेर,बाच्ने साहास बटुले ।
 दिन्छौकी धोका भनि,आत्मा गलेर आयो ।।

सोच्दा सोच्दै जिन्दगीका,पाटाहरु आज ।
 कोर्दै थिए यिनकै नाउमा,रात ढलेर आयो ।। 

तिम्रै लागी गरेका,संघर्ष का ति दिनहरु ।
 ब्यार्थ त हुन्न कतै,भनि आशु उर्लेर आयो ।।

परिबर्तन बनाउन,खोजे जिबन मौसम सरी ।
घात गर्यो नियतिले,ऋतुलाई छलेर आयो ।।

कृष्ण गौतम 
बर्मा (हाल थाईल्याण)