२५ चैत, काभ्रे – जिल्लाको बनेपा–६ का वडाअध्यक्ष कुटिएका छन् । बुडोलमा फुटपाथ हटाउने क्रममा वडाध्यक्ष सचितानन्द केसीमाथि खानिखोला इन्टरप्राइजेजका सञ्चालक सुधीर श्रेष्ठले आइतबार बिहान कुटपिट गरेका हुन् ।
इलाका प्रहरी कार्यालय, बनेपाले कुटपिट गर्ने श्रेष्ठलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । पछिल्लो केही सातादेखि अरनिको राजमार्गमा फुटपाथ र अव्यवस्थित पार्किङ हटाउने काम भइरहेको छ ।
अरबिन्द्र गौतम