Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

खबर डबलीसंग पार्टी प्रवक्ताको कुनै सम्वाद भएको छैन : माले

Saturday, April 7, 2018 National Power

काठमाण्डौ – नेकपा माले र विप्लपले नेतृत्व गरेको नेकपा संग पार्टी एकिकरण हुने भनि समाचारहरु आईरहेको वेलामा आज नेकपा मालेका स्थायी कमिटी सदस्य तथा प्रवक्ता, कुमार बेलबासेले एक विज्ञप्ति मार्फत माले र विप्लपको पार्टी नेकपा विच एकिकरणका विषयमा कुनै वार्ता नभएको जनाउँदै केहि मिडियामा आफ्नो र पार्टीको नाम मुछेर समाचार प्रकाशन भएकामा आपत्ती जनाएका छन् उनले विज्ञप्तीमा भनेका छन “नेकपा (माले) र नेकपाबीच पार्टी एकता वार्ता भएको सन्दर्भमा पार्टी कार्यालयद्वारा प्रेषित वक्तव्यलाई खबर डबली नामक अनलाईन पत्रिकाले निराधार र कपोल कल्पित हिसाबले जसरि प्रकाशित ग¥यो त्यस कृत्यको हामी निन्दा र खण्डन समेत गर्दछौं । हाम्रो पार्टी नेकपा (माले) र विप्लव नेतृत्वको पार्टी नेकपासंग पार्टी एकता सम्बन्धी कुनै पनि वार्ता भएको छैन र जसरि उक्त अनलाईनले पदीय भागबण्डाका कुराहरु समेत प्रवक्ताको नाम मुछेर प्रकाशित गरेको छ त्यो कुरा सरासर झुटो, हास्यास्पद तथा पीत पत्रकारिताको फोहारी नमुना मात्र हो । खबर डबलीसंग पार्टी प्रवक्ताको कुनै सम्वाद भएको छैन र पार्टीद्वारा प्रेषित चैत्र २० को प्रेस वक्तव्यमा त्यस्तो कुरा उल्लेख गरिएको पनि छैन ।”

विज्ञप्ती सहित