Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

ढकाल समूह विजयउत्सव मनाउँदै, रेग्मी समूह विरोध गर्दै

Saturday, April 7, 2018 National Power

२४ चैत, काठमाडौं – संगीत उत्पादक समाज नेपालको तेस्रो अधिवेशनमा अध्यक्षका प्रत्यासी निर्मल ढकाल समूहले विजयउत्सव मनाइरहँदा सुवास रेग्मीको समूह भने विरोध गरिरहेको छ । ढकालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भइसकेर सपथग्रहणसमेत लिँदै गर्दा भने रेग्मीको समूह मतदान हुँदाहुँदै धाँधली गरियो भन्ने आरोप लगाउँदै चुनावी मैदान छाडेर हिडेको थियो ।

मतगणना बेलुका ८ः३० बजेसम्म भएको थियो जसमा ढकाल समूहबाट ८ जनाले विजयी हासिल गरेका थिए । अध्यक्षका प्रत्यासी ढकालले ११३ मत ल्याएर विजयी भएका थिए भने रेग्मीले ५५ मत प्राप्त गरेका थिए । उपाध्यक्ष सूर्य मगर, महासचिव हुम गैरे र सचिव सुनिल लामिछाने निर्विरोध भइसकेका थिए भने कोषाध्यक्षमा राजशुक्र लिम्बूले ९७ मत ल्याएर विजयी भएका थिए भने बाबुराम बोहोराले ६३ मत प्राप्त गरेका थिए ।

सदस्यरुहरुमा उमेश गुरुङले १०१, खगेन्द्र याक्सो ८६, तोरण गुरुङ ८१ मत ल्याएर विजयी भएका थिए भने दुवै प्यानलभन्दा बाहिर रहेका सन्तोष केसीले ८१ मत ल्याएर विजयी भएका थिए । सदस्यमा नै उम्मेदवारी दिएका ज्ञानु ग्याङ्मी ६६, विमल अधिकारी ५१, केशव सापकोटा ३८, जमुना राना ६९ मत प्राप्त गरेका थिए ।

प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका पदाधिकारीहरुसहितको निर्वाचन टोली र प्रहरीको सुरक्षा घेराभित्र भइरहेको चुनावी प्रक्रियामा शान्त र विवादरहित तरिकाले चुनाव सम्पन्न भएको निर्वाचन अधिकृत तारा कुमार श्रेष्ठले जानकारी दिएका थिए । विजयी भएपछि अध्यक्ष निर्मल ढकालले आफूले गीतसंगीतको क्षेत्रमा रोयल्टी व्यवस्थापन गर्ने र उत्पादकहरुको हकहितका लागि अघि बढ्ने बताएका थिए ।
अध्यक्षका प्रत्यासी सुवास रेग्मी भने मतदान प्रक्रियामा सामेल भए पनि मतगणना बहिष्कार गर्दै बाहिरिएका थिए । एक जना शान्ता परियारको नाममा फर्जी मत हाल्न गएको हुँदा तीनलाई मतदान गर्न नदिए पनि रेग्मी समूहले चिया पसले, नाइ र डेरीवाला सबैले मतदान गरेको आरोप लगाउँदै चुनाव बहिष्कार गरेको बताएका थिए ।

उत्पादक समाज नेपालको तेस्रो साधरणसभाको उद्घाटन सत्रमा गीतकार एवं पत्रकार लोकराज अधिकारीलाई रोयल्टी व्यवस्थापन र गीतसंगीतको क्षेत्रमा कलम चलाएवापत कदर पत्र हस्तान्तरण गरिएको थियो ।