Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

डीपीएल क्रिकेट पानीले प्रभावित

Saturday, April 7, 2018 National Power

२४ चैत, धनगढी –  गएराति हावाहुरीसहित ठूलो पानी परेकाले धनगढी प्रिमियर लीग (डिपीएल) क्रिकेटमा शनिबार हुने खेल प्रभावित भएको छ । बिहान ९ बजे निर्धारित पहिलो खेल २ घण्टापछि सरेको छ । मैदानमा बनाइएका स्टेज हुरी र पानीले भत्किएका छन् । मैदान पनि पूरै भिजेको छ । अहिले पनि धनगढीमा डम्म बादल लागेको छ ।

शनिबार डीपीएलमा दुई खेल हुँदैछन् । महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरीयाबीच हुने पहिलो खेल बिहान ११ बजेलार्इ सारिएको छ । दोस्रो खेलमा टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्स आमने सामने हुनेछन् । सीवाईसी अत्तरीया र टिम चौराहालाई आजको खेल जित्नै पर्ने दबाव छ ।