Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

साझा यातायातले रत्नपार्कदेखि बनेपासम्म आजैदेखि सेवा दिने

Wednesday, April 4, 2018 National Power

२१ चैत,काभ्रे –  साझा यातायातले तत्कालको समस्या समाधान गर्ने गरि रत्नपाक देखि वनेपासम्म वस सञ्चालनमा ल्याउने भएको छ । सिण्डीकेटको पक्षमा रहेका यातायात व्यवसायीले कोटेश्वर पुर्वका सार्वजनिक सवारी साधन रोकेका छन् । मयुर यातायातले धुलिखेलसम्मको रुट इजाजत पाएपछि अन्य यातायात व्यवसायी विरोधमा उत्रेका थिए ।

अरनिको यातायातका ११ समितीले वस रोकेपछि साझाले आफ्ना वस उक्त रुटमा चलाउने भएको हो । साझाले यात्रुहरुको असुविधालाई ध्यानमा राखेर रत्नपार्कदेखि बनेपासम्म सेवा विस्तार गर्न लागेको वताइएको छ ।  साझाले १६ वस बनेपासम्म सञ्चालन गर्न लागेको लेखा अधिकृत गोपाल प्रसाद पन्तले वताए । विहिवारदेखि धुलिखेलसम्म साझाका वसहरु चल्ने उनले वताए ।

यातायात व्यवस्था विभागले अरनिको राजमार्ग अन्तरगतको धुलिखेलसम्मको रुट इजाजत लिन आउन यातायात व्यवसायीहरुलाई बुधबार आह्वान गरेको हो । यस रुटमा चल्ने धेरैजसो यातायात सेवा समितिले बस संचालन गर्न अटेर गरेपछि अन्य यातायात संचालकहरुलाई पनि धुलिखेलसम्मको रुट इजाजत लिन आह्वान गरिएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिएका छन्

अरबिन्द्र गौतम / काभ्रे