२१ चैत,काभ्रे – साझा यातायातले तत्कालको समस्या समाधान गर्ने गरि रत्नपाक देखि वनेपासम्म वस सञ्चालनमा ल्याउने भएको छ । सिण्डीकेटको पक्षमा रहेका यातायात व्यवसायीले कोटेश्वर पुर्वका सार्वजनिक सवारी साधन रोकेका छन् । मयुर यातायातले धुलिखेलसम्मको रुट इजाजत पाएपछि अन्य यातायात व्यवसायी विरोधमा उत्रेका थिए ।
अरनिको यातायातका ११ समितीले वस रोकेपछि साझाले आफ्ना वस उक्त रुटमा चलाउने भएको हो । साझाले यात्रुहरुको असुविधालाई ध्यानमा राखेर रत्नपार्कदेखि बनेपासम्म सेवा विस्तार गर्न लागेको वताइएको छ । साझाले १६ वस बनेपासम्म सञ्चालन गर्न लागेको लेखा अधिकृत गोपाल प्रसाद पन्तले वताए । विहिवारदेखि धुलिखेलसम्म साझाका वसहरु चल्ने उनले वताए ।
यातायात व्यवस्था विभागले अरनिको राजमार्ग अन्तरगतको धुलिखेलसम्मको रुट इजाजत लिन आउन यातायात व्यवसायीहरुलाई बुधबार आह्वान गरेको हो । यस रुटमा चल्ने धेरैजसो यातायात सेवा समितिले बस संचालन गर्न अटेर गरेपछि अन्य यातायात संचालकहरुलाई पनि धुलिखेलसम्मको रुट इजाजत लिन आह्वान गरिएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिएका छन्
अरबिन्द्र गौतम / काभ्रे