Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अरनिको यातयातको एकाधिकार तोडियो -सिन्डिकेटको पक्षमा रहेकाहरुको रुट ईजाजत खारेजी प्रक्रियामा

Wednesday, April 4, 2018 National Power

२१ चैत, काठमाडौं – कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ । यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई बुधबार (आज) नै सबै प्रक्रिया पुरा गरेर रुट दिने गरी यस्तो आह्वान गरेको हो ।

अत्यावश्यक सार्वजनिक सेवमा समितिहरुले हड्ताल गरेपछि विभागले काठमाडौं उपत्यका चलिरहेका अन्य व्यवसायी समिति र कम्पनीहरुलाई धुलिखेलसम्मको रुट इजाजत खुला गरेको हो ।

मयुर यातायातले काठमाडौं- बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले ग्रामीण र शहरी दुवै भेगका बस चलाउन छाडेका हुन् । मध्यपुर यातायातले मात्रै सेवा दिइरहेको छ ।

काभ्रे र भक्तपुरका सडकमा एकाधिकार कायम गरेका समितिहरुले सेवा अवरुद्ध पर्दा यात्रुहरु मारमा परेका छन् । नियमित कामका लागि हिँड्ने यात्रुहरु, ग्रामीण भेगमा पुग्नु पर्ने यात्रुहरुलार्इ यातायात सुविधा नहुँदा धेरै समस्या भएको छ ।यही समस्यालार्इ ध्यानमा राखेर विभागले धुलिखेसम्म अन्यलार्इ पनि रूट इजाजत दिने निर्णय गरेको हो ।

‘जो आएपनि आजै रुट इजाजत दिन्छौं । ब्यवसायीको इच्छाअनुरुप अस्थायी या स्थायी दुबै इजाजत दिने निर्णय भयो,’ विभागका महानिर्देशक रुपनारायाण भट्टराईले भने,’धुलिखेलसम्म बस चलाउन चाहानेले आजै इजाजत पाउँछन् । सरकारले सो रुटमा चल्ने बसलाई सुरक्षा पनि दिन्छ ।’

उनले सिन्डिकेटको पक्षमा बस्न गरिएका बसहरुको रुट इजाजत खारेजीको प्रक्रिया पनि अघि बढेको बताए । अत्यावश्यक सेवामा हड्ताल गरेर यात्रुलाई दुःख दिने काम जायज नभएको भन्दै भट्टराईले सिन्डिकेटको पक्षमा रहेकाहरुको मागको सुनुवाइ गर्न नसकिने बताए ।

मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको बिरोधमा सिन्डिकेटधारी समितिहरुले कोटेश्वरपूर्वको सार्वजनिक यातायातलाई अवरुद्ध पारेका छन् । विभागले व्यवसायीको अघि घुँडा नटेक्ने भन्दै धुलिखेलसम्मको रुट इजाजतलाई खुला गरेको हो ।

 

#Onlinekhabar##